बुटवल, चिसो दिनमा मानिसहरू प्रायः कोठा न्यानो राख्न विभिन्न प्रकारका उपाय अपनाउँछन्।
यसो गर्दा कोठाको आर्द्रता प्रभावित हुन्छ, जसका कारण छालाको आर्द्रतामा कमी आउछ । २० चिसो मौसम, तीब्र हावा र वर्षाले छालाको प्राकृतिक मोस्चराइजिङ तेल खोस्छ।
जाडोमा प्राय मानिसहरु तातो पानीले नुहाउने गर्छन्, यसो गर्दा छालाको प्राकृतिक तेल छालाबाट गायब हुन थाल्छ । यसर्थ जाडोबाट बच्न निम्न उपाय अपनाउनुपर्छ ।
जाडोमा छाला सुख्खा हुनबाट जोगिने उपायहरु
१. जाडोमा छालालाई हाइड्रेटेड राख्नु निकै जरुरी हुन्छ । यसका लागि पर्याप्त मात्रामा पानी पिउनुहोस् र छालालाई मोइस्चराइज गर्नुपर्छ ।
२. चिसोमा मनतातो पानीले नुहाउनुपर्छ। यसले छालाबाट प्राकृतिक तेल निस्कनबाट रोक्छ र छाला सुख्खा हुँदैन।
३. चिसोमा बाहिर जाँदा आफ्नो छाला छोप्न बिर्सनुहुदैन। यसबाट छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ।
४. कडा साबुन र डिओडोरेन्टहरूले छालालाई हानी पुर्याउन सक्छ। त्यसैले यसको प्रयोग नगरौं ।

लुम्बिनी रिभ्यू