बुटवल– तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले विविध कार्यक्रमका साथ आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । सहकारीले रक्तदान, स्वास्थ्य परिक्षण एवं नया वर्षको शुभकामना आदान प्रदान सहितका विभिन्न रचनात्मक कार्यक्रम गरेको हो ।

बुटवल ९ मा रहेको वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारेर २० चैतमा रक्तदान गरेको छ । रक्तदानबाट ५० युनिट रगत संकलन भएको सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गा पौडेलले बताउनुभयो । रक्तदानमा सहभागी भएका रत्तदाताहरुलाई संस्थाका अध्यक्ष पौडेलले आफ्नै व्यक्तिगत खर्चबाट खाजा खुवाउनुभएको थियो । यस्तै २१ चैतमा सहकारीका सदस्यहरुको लागि स्वास्थ्य शिविर गरेको छ । शिविरमा २४ जना सदस्यहरुले परिक्षण गराएका थिए ।

सोही दिन नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम समेत गरिएको थियो । सहकारीका सदस्य एवं शैक्षिक व्यक्तित्व आरसी आचार्यको प्रमुख आतिथ्यतामा नया वर्ष शुभकामना एवं भित्तेपात्रो विमोचन गरिएको थियो ।
वार्षिकोत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम सहकारीका अध्यक्ष दुर्गा पौडेलको अध्यक्षता र नरेन्द्र प्रसाद नेपालको संचालनमा भएको थियो । सहकारीमा ६ सय ९३ सदस्य छन् । सहकारीले रकम वचत तथा ऋणपरिचालनसँगै विभिन्न सामाजिक दायित्वका काम गर्दै आएको छ ।

लुम्बिनी रिभ्यू