• Saturday 25th July 2026

सिद्धार्थ बहुउदेश्यीय सहकारीद्धारा निःशुल्क दन्त परीक्षण शिविर

सिद्धार्थ बहुउदेश्यीय सहकारीद्धारा निःशुल्क दन्त परीक्षण शिविर

निःशुल्क दन्त शिविरमा १ सय ५३ जनाले दाँत जाँच गराउनु भएको थियो ।


  • लुम्बिनी रिभ्यू


बुटवल, बुटवलमा रहेको सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले निःशुल्क दन्त परीक्षण शिविर संचालन गरेको छ ।
सहकारीको २६ औं स्थापना दिवसको पूर्व सन्ध्यामा जेठ १० गते शनिबार रुपन्देहीको गैडहवामा रहेको शान्ति बजार सेवा केन्द्रमा सहकारी सदस्यहरुलाई निःशुल्क रुपमा दन्त परीक्षण शिविर संचालन गरेको हो । निःशुल्क दन्त शिविरमा १ सय ५३ जनाले दाँत जाँच गराउनु भएको थियो । दाँत उखेल्ने, स्कोलिङ्ग तथा सफा गर्ने, माइनर फिलिङ्ग गर्ने जस्ता सेवा प्रदान गरिएको थियो । विरामीलाई आवश्यकता अनुसार ब्रस, मञ्जन तथा औषधीहरु समेत निःशुल्क उपलब्ध गराइएको थियो । दन्त शिविर बुटवल डेन्टल प्रालि बुटवलको सहयोगमा संचालन गरिएको थियो ।


संस्थाका अध्यक्ष तिलकराम आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । गैडहवा गाँउपालिका ०७ का वडा अध्यक्ष लाल बहादुर केवटज्यूको प्रमुख आतिथ्यता, रहेको कार्यक्रममा विशिष्ठ अतिथि बुटवल डेण्टल प्रालिका संचालक राम श्रेष्ठ सिंह हुनुहुन्थ्यो । कार्यक्रममा संचालक सदस्य एवम् शिक्षा तथा सामाजिक उत्तरदायित्य उप समिति संयोजक शिव बहादुर अधिकारीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । त्यसैगरी शिक्षा तथा सामाजिक उत्तरदायित्व उपसमिति सदस्य शिव प्रसाद घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend