• Saturday 25th July 2026

कर्मचारीको तीज मिलन कार्यक्रम

कर्मचारीको तीज मिलन कार्यक्रम

छमछमी नाचे गाए र शुभकामना साटासाट गरेर रमाइलो गरे


  • लुम्बिनी रिभ्यू

बुटवल, सधैजसो काममा खटिने रुपन्देहीका सरकारी कर्मचारीलाई शुक्रबार कामको तनाव थिएन । हतारहतार कार्यालय समयपछि जुटेका उनीहरु त्यसपछि भने निकै रमाए । महिला कर्मचारीहरु रातो सारी र रंगीचंगी पोशाकमा सजिएका थिए । हरितालिका (तीज) २०८१ को अवसरमा बुटवलमा तीज मिलन कार्यक्रममा उनीहरु रमाएका हुन् । उनीहरु छमछमी नाचे, गाए र रमाइलो गरे । शुभकामना साटासाट गरेर सौहार्दता पनि प्रकट गरे ।
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला महिला विभाग रुपन्देहीले शुक्रबार अपरान्ह तीज मिलन कार्यक्रम आयोजना गरेको थियो । रुपन्देही जिल्लामा निजामती सेवा र स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीहरुका साथै विविभन्न पेशामा रहेर सेवा प्रवाह गर्दै आइरहेका कर्मचारीहरुले सामूहिक रूपमा दर खाएर रमाइलो गरेका थिए । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय उपमहासचिव एवं महिला विभाग प्रमुख विजयालक्ष्मी सुवेदीले मौलिक तिजको गित गाएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।


नेपाल निजामती कर्मचारी सङ्गठन रुपन्देहीकी उपाध्यक्ष एवम् महिला विभाग प्रमुख विष्णू पन्थी खनालको अध्यक्षता तथा केन्द्रीय उपमहासचिव सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुवेदीले नेपाल निजामती कर्मचारी संगठन जिल्ला महिला विभाग रुपन्देहीले यस्तो संस्कृति जगेर्ना गर्ने कार्यकर्मको आयोजना गरी आफुलाई सहभागी हुने अवसर प्रदान गरेकोमा नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीलाई धन्यवाद ज्ञापन गरीन ।
नेपाल निजामती कर्मचारीका अध्यक्ष प्रेम प्रसाद खनालले शुभकामना मन्तव्य राख्दै यस्ता कार्यक्रम मौलिक र सास्कृतिक सद्भाव कायम राख्ने जिल्लाभर छरिएर रहेका संगठन प्रेमी महिला कर्मचारीहरुका विचमा खुशी साट्ने एउटा माध्यम बन्न सकोस र निरन्तारा पाओस भन्दै सांगठनिक गतिविधमा आफुले हरतहरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने केन्द्रीय सदस्य एवं रुपन्देही ईन्जार्ज नारायण प्रसाद भण्डारीले सास्कृतिक थलोको रुपमा रहेको रुपन्देही जिल्लाले यस्तो कार्यक्रम गर्दा महिला कर्मचारीहरुका विचमा आपसी भाईचारको सम्बन्ध स्थापित हुने हुँदा दुख साटासाट गर्ने अवसर प्राप्त हुने बताउँदै शुभकामना दिएका थिए । सैनामैना नगरपालिकाका उपपेयर विना रानाले यस्ता कार्यक्रमले महिलाहरुको मनोवल उच्च राख्न उत्प्रेरणा प्रदान गर्ने भएकोले नेपाल निजामती कर्मचारी संगठन जिल्ला महिला विभागले यस किसिमको कार्यक्रम आयोजना गरेकोले भव्य सफलताको शुभकामना व्यक्त गरीन । रुपन्देहीका जिल्लाका विभिन्न पालिकाहरुका उपप्रमुख, उपाध्यक्ष, नेकपा एमालेका महिला नेतृहरु र विभिन्न पेशागत क्षेत्रका महिला नेताहरुको बाक्लो उपस्थिति थियो । सम्पन्न कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका उपाध्यक्ष एवं महिला विभाग प्रमुख विष्णु पन्थी खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य पार्वता भण्डारी पोख्रेलले स्वागत तथा महिला विभाग सदस्य शारदा मरासीको संचालनमा भएको थियो । काम विशेषले माइतीघर जान नपाएपनि आफूजस्तै कर्मचारीबीच शुभकामना साटासाट गर्दै रमाइलो गर्न पाउदा उनीहरु निकै खुसी देखिन्थे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend