बुटवल । नेकपा एमाले रुपन्देहीका सचिवबाट राजीनामा दिएका चित्रबहादुर केसी रास्वपा प्रवेश गरेका छन् ।
कार्की एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री रहँदा र सांसद रहँदा लामो समय स्वकीय सचिव रहेर काम गरेका थिए ।
लामो समय एमालेको राजनीति गरेका उनी सैनामैना नगरपालिकामा एमालेबाट ०७४ मा निर्वाचित भएका थिए ।
उनी रूपन्देहीका प्रभावशाली र हक्की नेता ठानिन्थे ।
भदौ २३ र २४ को जेनजी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेको भन्दै २३ गते नै उनले असन्तुष्टि जनाएका थिए ।
सोही दिन एमाले परित्यागको घोषणा गरेका उनी धेरै नेताहरुले सुझाउँदा पनि नफर्की बसेर अहिले रास्वपा प्रवेश गरेका हुन् ।
नेता केसीले एमालेमा नरहने ४ महिना पहिलेकै निर्णय भएको बताएको विभिन्न सञ्चार माध्ययमहरूले जनाएका छन् ।

लुम्बिनी रिभ्यू