बुटवल । लुम्बिनी प्रदेशले मातृशिशु बचाउन घरघरै गर्भवती र सुत्केरी परिक्षण सुरु गरेको छ । जसमा नर्शहरुलाई तालिम दिएर अल्ट्रासाउण्ड मसिन सहित ग्रामिण भेगका घरघरमा खटाइएको छ ।

अहिले ६५ जना नर्सहरु विकट ग्रामिण भेगमा खटेका छन् । उनीहरुले घरघरै पुगेर गर्भवती र सुत्केरीको परिक्षण गरेका छन् । उनीहरुले परिक्षणमा जटिल देखिएकालाई विज्ञ चिकित्सक वा अस्पताल रेफर गर्ने गरेका छन् । प्रदेशमा यस वर्ष ७७ जनालाई दक्ष प्रसुतिकर्मी तालिम, ३३ जनालाई परिवार नियोजनका साधन इम्पलान्टर, ६८ जनालाई सुरक्षीत गर्भपतन सेवाकालागि प्रशिक्षण दिएको थियो ।
मातृशिशुको सुरक्षाबारे अस्पताल र समुदायस्तरमा गरेको कामको प्रभावकारिताबारे बुटवलमा समिक्षा तथा अभिमुखीकरण गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुटवलमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रदेशका १९ अस्पताल र १२ वटा स्वास्थ्य कार्यालयको सहभागीता थियो ।
मातृशिशु सुरक्ष्ाँका लागि अस्पतालले मातृशिशु मृत्यु हुन दिन सावधानी अपनाउने, मातृमृत्यु भइहाले त्यही समस्याका कारण अर्को मृत्यु हुन नदिन योजना बनाउछन् । समुदाय स्तरमा पनि मातृशिशु मृत्यु हुन नदिने उपाय सिकाउने र मृत्यु भइहाले कारण खोजी निराकरणका काम गरिन्छ ।

कार्यक्रममा प्रदेश सचिव डा. विकास देवकोटा, निर्देशक डा. विनोकुमार गिरी, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेशकुमार चापागाईले समुदाय र अस्पतालमा आधारित सेवा राम्रो भएमात्रै मातृशिशु सुरक्षा गर्न सकिने बताए ।
सन २०३० सम्म प्रतिलाख जिवित शिशु जन्ममा मृत्युदर ७० झार्ने राष्ट्रिय लक्ष्य छ । तर, अहिलेसम्म देशमा प्रतिलाख जिवित जन्ममा २ सय ५९ मृत्यु छ ।सुरक्षीत मातृत्व अन्तरगत गर्भवतीको स्वास्थ्यदेखि सुत्केरी र नवजात शिशुको स्वास्थ्यसम्म पर्दछ । २ सय ३५ वटा स्थानीय तहका बर्थीड. सेन्टरमा सामाग्री वितरण । प्रदेश अन्तरगतका ११ अस्पतालहरुमा शल्यक्रियाद्धारा बच्चा जन्माउने प्रविधि विकास भएको छ । रुकुमपूर्व र पाल्पामा आउदो वर्ष विस्तार गर्ने स्वास्थ्य निर्देशनालयका प्रजनन स्वास्थ्यप फोकल पर्सन कौशलराज भण्डारीले सहजीकरण गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश अस्पतालका बाल रोग विशेषज्ञ किरणमणी पौडेल, स्त्री तथा प्रसुति रोग विशेषज्ञ श्रीधर आचार्य परिवार कल्याण महाशाखा र विश्व स्वास्थ्य संगठनका विषयवीज्ञ डा. सुरक्षा थापा लगायतले मातृशिशु सुरक्षा, अस्पताल र समुदायस्तरका कामले दिने नतिजाबारे बताएका थिए ।


लुम्बिनी रिभ्यू