• Saturday 25th July 2026

क्रिकेट खेलाडी शाहीको सम्झनामा म्यूजिक भिडियो ‘मेरो दाइ’ सार्वजनिक (भिडियो)

क्रिकेट खेलाडी शाहीको सम्झनामा म्यूजिक भिडियो ‘मेरो दाइ’ सार्वजनिक (भिडियो)


  • लुम्बिनी रिभ्यू

कैलाली । स्वर्गीय क्रिकेट खेलाडी बिरेन्द्र शाहीको सम्झनामा ‘मेरो दाइ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । स्वर्गीय शाहीको जन्मदिनको अवसर पारेर शनिबार कैलालीको लम्किमा आयोजित स्मृति सभामा म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

स्वर्गीय खेलाडी शाहीका भाई शाहिल शाहीले स्वर दिएको म्यूजिक भिडियोको रचना रविन स्वारले गरेका हुन् भने पुष्कर खत्रीले एरेन्ज गरेको हुन् । म्यूजिक भिडियोमा गायक शाहिल शाही, कौशल अवस्थी र रमेश शाहीले अभिनय रहेको छ । पत्रकार सागर परियारले व्यवस्थापन गरेको म्यूजिक भिडियोको सम्पादन अमित विकले गरेका हुन् ।

रविन स्वारले नै निर्देशन गरेको म्यूजिक भिडियोमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको श्रदाञ्जली तथा समवेदता सन्देश पनि समेटिएको छ । म्यूजिक भिडियो शनिबार नै गायक शाहिल शाहीको यूट्युव च्यानलमार्फत सार्वजनिक पनि भइसकेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend