• Saturday 25th July 2026

बुटवलमा घिन्ताङ घिसी जात्रा 

बुटवलमा घिन्ताङ घिसी जात्रा 

काठमाडौंमा देखाइने घिन्ताङ घिसी जात्रा बुटवलमा पहिलो पटक देखाइयो


  • लुम्बिनी रिभ्यू

बुटवल । नेवारी समुदायको वर्चस्व बढ्दै जाँदा बुटवलमा पनि नेवारी संस्कार र संस्कृति देखाउने क्रम बढेको छ । यसै क्रममा गाईजात्राको एउटा पाटोको रुपमा काठमाडौं उपत्यकामा देखाइने घिन्ताङ घिसी जात्रा बिहीबार बुटवलमा पनि देखाइएको छ ।

नेवारी समुदायको वर्चस्व बढ्दै जाँदा बुटवलमा पनि नेवारी संस्कार र संस्कृति देखाउने क्रम बढेको छ । यसै क्रममा गाईजात्राको एउटा पाटोको रुपमा काठमाडौं उपत्यकामा देखाइने घिन्ताङ घिसी जात्रा बिहीबार बुटवलमा पनि देखाइएको छ ।

नेवारी संस्कृतिको संरक्षण गर्ने, काठमाडौं बाहिरका नेवारहरूलाई पनि संस्कार र संस्कृति सिकाउने उद्देश्यका साथ जात्रा देखाइएको हो । नेपाल भाषा साहित्य तमुज्याका अध्यक्ष राजभाइले संस्कार र संस्कृति विकास र पुस्तान्तरण गर्न यो वर्ष घिन्ताङ घिसी जात्रा देशका मुख्य शहरहरूमा आयोजना गरेको बताए ।

बुटवलमा नेपाल भाषा साहित्य तमुज्या र स्थानीय नेवा सेवा समिति १ र २ को आयोजनामा जलविनायक (गणेश) मन्दिरबाट बिहान नाच सुरुवात भएको थियो । नृत्य देखाउन नेपाल भाषा साहित्य तमुज्याका अध्यक्ष राजभाइसहितको ६० जनाको टिम आएको थियो ।

टोलीले दिनभर जात्रा देखायो । जात्राका क्रममा विभिन्न नेवारी बाजागाजासहित ६ वटा तालमा नृत्य देखाएको थियो । स्थानीय नेवा सेवा समिति १ र २ का अध्यक्ष सुवेन्द्रमान श्रेष्ठले नेवारहरूका बीचमा भ्रातृत्वको भाव विकास गर्दै नयाँ पुस्तालाई संस्कृति चिनाउन बुटवलमा जात्रा आयोजना गरिएको बताए ।

श्रावण शुक्लएकादशीदेखि कृष्णजन्माष्टमीसम्म काठमाडौंमा यो नाच देखाउने चलन छ । जसमा नाबालक अवस्थामै मृत्यु भएका र बालिग भएर मृत्यु भएकाहरूको सम्झनामा फरकफरक नृत्य गरिन्छ । यसअघि पोखरामा समेत यही जात्रा प्रदर्शन गरिएको नेपाल भाषा साहित्य तमुज्याका अध्यक्ष राजभाइले बताए । अब चितवनमा समेत जात्रा देखाउने उनीहरूको योजना छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend