• Saturday 25th July 2026

प्रजनन शिक्षा नजान्दा जोखीममा किशोरी

प्रजनन शिक्षा नजान्दा जोखीममा किशोरी

किशोरी अवस्थामा किन प्रजनन अंगको विकास हुन्छ ? किन यौन कौतुहलता जाग्छ ? धेरै किशोरीहरु जान्दैनन् । महिनाबारी प्रक्रिया सुरु हुनासाथ यौन सम्बन्ध रहेमा गर्भवती बन्न सक्छन् । तर, सानो उमेरमा महिनाबारी प्रक्रिया सुरु हुने धेरै छोरीहरु यौन सम्बन्ध राखेमा के हुन्छ र के भएमा गर्भवती भइन्छ भन्ने पनि जान्दैनन् । यसले धेरै किशोरीहरु यौन हिंसामा पर्ने गरेका छन् ।


  • लुम्बिनी रिभ्यू

संगीता पाण्डे

रुपन्देही । अघिल्लो असोजमा बुटवल हाटबजार लाईनकी १३ वर्षे किशोरी ७ महिनाको गर्भसहित लुम्बिनी प्रादेशिक अस्पतालमा आइन् । उनलाई अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा भर्ना गरियो । स्वास्थ्यकर्मीले कसरी गर्भ रह्यो भनेर सोधे । तर, उनले बुझीनन् । उनीहरुले यौन प्रक्रिया बुझाएर परामर्श गरे । किशोरीले आफ्नै साथीको बाबुसित त्यस्तोे सम्बन्ध रहेको बताइन् । ‘कम उमेर । लामो समयको गर्भ,’ त्यसबेलाकी ओसीएमसीकी फोकल पर्सन जमुना पन्थीले सम्झीन््, ‘निकै जोखीमपूर्ण अवस्थामा उनको गर्भपतन गराइएको थियो ।’
उनी सानैदेखि लजालु स्वभावकी थिइन् । कम बोल्थिन् । हुर्कीदै जा“दा साथीसंगै उनका बाबुसित नजिकिइन् । त्यसको फाइदा उठाउदै साथीका बाबुले यौन दुव्र्यबहार गर्न थाले । उनले बुझीनन् । कहिले पैसा त कहि लुगा र खानेकुरा दिन्थे । आफ्नो क्रियाकलाप अरुलाई नभन्न भन्थे । उनी खुरुखुरु भने अनुसार गर्थिन् ।
पछिल्लो समयमा छोरीहरु १० वर्षदेखि नै महिनाबारी हुन थालेका छन् । तर, उनीहरुलाई प्रजनन शिक्ष्ाँबारे जानकारी हु“दैन । किशोरी अवस्थामा किन प्रजनन अंगको विकास हुन्छ ? किन यौन कौतुहलता जाग्छ ? धेरै किशोरीहरु जान्दैनन् । महिनाबारी प्रक्रिया सुरु हुनासाथ यौन सम्बन्ध रहेमा गर्भवती बन्न सक्छन् । तर, सानो उमेरमा महिनाबारी प्रक्रिया सुरु हुने धेरै छोरीहरु यौन सम्बन्ध राखेमा के हुन्छ र के भएमा गर्भवती भइन्छ भन्ने पनि जान्दैनन् । घरपरिवार र समुदायमा यस्तो बेलामा के गर्ने भन्नेबारेमा समेत सिकाइदैन । यसले गर्दा धेरै किशोरीहरु यौन हिंसामा पर्ने गरेका छन् । प्रजनन स्वास्थ्यको अभावमा धेरै किशोरी यौनजन्य हिंसामा परेका छन् । यौनजन्य हिंसामा परेका किशोरी गर्भवती बन्ने र जोखीममा पर्ने समस्या पनि बढेको छ ।
कपिलवस्तु शिवराज नगरपालिकाकी १३ वर्षे किशोरी त्यसमध्येकी हुन् । किशोरीलाई छिमेकी दाइले फकाएर पटक पटक करणी गरे । उनी गर्भवती बनिन् । तर, यौन सम्पर्कले गर्भ रहने कुरा उनलाई थाह थिएन । आफ्नो गर्भ बसेको पनि थाह पाइनन् । पेट बढ्दै गएपछि आफन्तले नजीकको मेडिकलमा लगे । स्वास्थ्यकर्मीले ग्याष्टिकको समस्या भन्दै औषधी दिए । निको नभएपछि अभिभावकले गत पुस पहिलो साता लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए । चिकित्सकले पेटमा बच्चा रहेको पत्ता लगाए । ८ महिना लागेको उनको बच्चा बेथा लगाएरै जन्माइयो । झण्डै २ साता अस्पतालमा आराम र उपचारपछि बल्ल किशोरी घर फर्किन् । ‘प्रजनन र यौन शिक्षा नजानेकै कारण धेरै किशोरी हिंसामा परेका छन्,’ लुम्बिनी प्रादेशिक अस्पतालका प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. श्रीधर आचार्यले भने, ‘कस्तो क्रियाकलाप यौन हो । कसरी गर्भ रहन्छ भन्ने थाहै नभएका किशोरी यौन हिंसामा पर्ने र गर्भवती भएर आउने गरेका छन् ।’
१० देखि १९ वर्षको उमेर समूह किशोरकिशोरी समूह हो । यस अवस्थामा प्रजनन अंगको विकास हुन्छ । तिनको विकासस“गै विपरीत लिंगीप्रतिको आकर्षण बढ्छ । उनीहरुमा यौनप्रति कौतुहल जाग्छ । यौन सम्बन्ध राख्ने चाहना बढ्छ । भावनात्मक आवेग पनि बढी हुन्छ । यो प्राकृतिक नियम हो । तर, आफूलाई किन यस्तो भन्ने कुरा किशोरीहरु कसैलाई बताउन सक्दैनन् । आमाबाबु र अभिभावकले सिकाउदैनन् । नत, विद्यालयका पाठ्यक्रमले नै उनीहरुका कौतुहलता मेटाइदिन सक्छन् । प्रजनन स्वास्थ्यबारे सिकाउने निकाय पनि छैन । यस्तोमा प्रयोग गरेर वा कुनै पनि माध्ययमबाट यौनबारे जान्न खोज्छन् । यही कारण असुरक्षीत यौन सम्बन्ध हुने र गर्भवती बन्ने समस्या समेत देखिएको छ । रुपन्देही जिल्ला प्रहरीमा गत आर्थिक वर्षमा ७० वटा करणीका मुद्दा दर्ता भएका थिए । त्यसमध्ये १९ किशोरीले यौन हिंसा र यौन सम्बन्ध भनेको नबुझेको बताएका थिए । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३५ वटा करणी तथा यौन हिंसाका उजुरी दर्ता भएका छन् । त्यसमध्येका १३ जनाले यौन हिंसाभनेकै बुझेका छैनन् । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी असइ मीना आचार्यले छोराछोरीलाई यौन तथा प्रजनन् शिक्षा नसिकाउदा हिंसामा पर्ने क्रम बढेको बताइन् । ‘उमेरस“गै आएको परिवर्तन नबुझ्ने किशोरी धेरै यौन हिंसामा पर्छन्,’ उनले भनिन्, ‘ परामर्श गर्दै जादा यौन के हो, कसरी गर्भ रहनसक्छ भन्नेबारे थाह नभएकै कारण फकिएका र लोभिएका घटना धेरै भेटिन्छन् ।’

नेपाल स्वास्थ्य सर्वेक्षण सन ०१६ अनुसार ४ प्रतिशत किशोरीको कुनै न कुनै कारणबाट १५ वर्षभन्दा कम उमेरमा यौन सम्बन्ध हुन्छ । यस्ता धेरै किशोरी यौन सम्बन्ध के हो भन्नेबारेमा नै जान्दैनन् । जसले गर्दा यौन हिंसामा पर्छन् । गर्भवती हुन्छन् । सारीरिक र मानसिक पीडा व्यहोर्न वाध्य हुन्छन् । सरकारी तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा गत वर्ष १७ हजार ३ सय १२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । गर्भपतन गराउनेमध्ये १९ वर्षसम्मका किशोरी ११.९८ प्रतिशत छन् । उनीहरुमध्ये यौन तथा प्रजनन स्वास्थ्यबारे थाह नहुदा गर्भवती बनेका धेरै छन् ।
प्रजनन स्वास्थ्य तथा सुरक्षीत गर्भपतनमा कार्यरत आइपासका निर्देशक रामचन्द्र खनालले सानै उमेरमा महिनाबारी र प्रजनन अंगको विकास हुने किशोरी अझ बढी जोखीममा रहेको बताए । ‘ यौन र प्रजनन् स्वास्थ्यका कुरा निकाल्दा छाडा भन्ने मान्यताले किशोरीहरु जोखीममा छन्,’ उनले भने, ‘किशोरीलाई जोखीमबाट बचाउन उनीहरुको यौन कौतुहलता र खुल्दुली मेटाउनुपर्छ । घरपरिवार, समाज र विद्यालयमा यौन तथा प्रजनन् शिक्षा दिने व्यवस्था गर्नुपर्छ ।’
रुपन्देहीका किशोरीहरुले संजाल नै गठन गरेर पछिल्लो समय आफूमा देखापरेका समस्याबारे छलफल गर्न थालेका छन् । उनीहरुले धेरै किशोरीहरु यो उमेरमा किन प्रजनन अंगको विकास हुन्छ र किन यौन कौतुहलता जाग्छ भन्नेमा अनभिज्ञ रहेको बताउछन् । यही अनभिज्ञताको फाइदा उठाउदै किशोरीहरु यौन हिंसामा पर्ने, गर्भवती बन्ने र ज्यानकै जोखीम हुने अवस्थामा रहने उनीहरुको भनाइ छ । ‘धेरै किशोरीहरुले गाडीमा हिड्दा सार्वजनीक अंग छुने र जिस्काउने गरेको भोगेका छौं । कतिपय साथीहरुले आफन्त, छिमेकी, शिक्षक लगायतले नै प्रजनन अंग छुने र जिस्काउने गरेको गुनासो गर्नुहुन्छ,’ किशोरी संजाल रुपन्देहीकी अध्यक्ष सुनिता हरिजनले भनिन्, ‘किशोरी अवस्थामा हुने कौतुहलता बताइदिने कोही नहुदा सबैभन्दा धेरै हामीमाथि यौन हिंसा हुने र जोखीममा पर्ने गरेको छ ।’ अध्यक्ष हरिजनले किशोरीहरुलाई राम्रो प्रजनन शिक्षा दिने हो भने धेरैमात्रामा यौनजन्य हिंसा रोक्न सकिने बताइन् । यसकालागि विद्यालय, स्वास्थ्य संस्था र बालक्लबहरुमा यौन तथा प्रजनन शिक्षा दिने व्यवस्था मिलाउन उनको सुझाब छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend