• Saturday 25th July 2026

बहुमतले पारित भयाे सरकारको नीति तथा कार्यक्रम,आइतबार दिउँसो बजेट

बहुमतले पारित भयाे सरकारको नीति तथा कार्यक्रम,आइतबार दिउँसो बजेट


  • लुम्बिनी रिभ्यू

 

काठमाडौं। प्रतिनिधिसभा बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम शनिबार सदनबाट बहुमतले पारित भएको हो।

नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि  नीति तथा कार्यक्रम संशोधनका छ वटा प्रस्ताव पेश भएका थिए।  संशोधनका लागि पेश भएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएपछि प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठी, दुर्गा पौडेल, शेरबहादुर तामाङ, भीम रावल, प्रेम सुवाल र खगराज अधिकारीले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव बैठकले बहुमतले अस्वीकृत गरेको हो।

त्यस लगत्तै सभामुख सापकोटाले सदनमा सरकारको नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत गर्नुभएको थियो। सरकारको नीति तथा कार्यक्रम सदनको ध्वनि मतले पारित गरेको घोषणा सभामुख सापकोटाले गर्नुभयाे।

प्रतिनिधिसभाको अर्को बैठक आइतबार साँझ ६ बजे बस्नेछ। आइतबार  दिउँसो ४ बजे सरकारले बजेट ल्याउनेछ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend