बुटवल । मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार सधै असहाय र अल्पसंख्यकहरुको पक्षमा रहेको बताउनुभएको छ ।गैर सरकारी संस्था महासंघ लुम्बिनी र मानवअधिकार रक्षक संजाल लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाले आफै बोल्न नसक्ने नागरिककालागि राज्य बोलिदिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले अल्पसंख्यक समुदायको शिक्षा, स्वास्थय र रोजगारीको ग्यारेण्टी गर्नेबारे राज्य संवेदनशील रहेको बताउनुभयो । उहाले प्रदेशमा रहेका अल्पसंख्यक समुदायका लागि यसवर्ष बजेटमार्फत सम्बोधन गरिएको पनि बताउनुभयो । कार्यक्रममा बोल्दै पर्यटन ग्रामिण तथा शहरी विकास राज्यमन्त्री रीना नेपालले प्रदेशमा रहेका पीछडा समूदाय र अल्पसंख्यक समुदायको हीतका लागि नीति निर्माण गर्ने बताउनुभयो । उहाले अल्पसंख्यक समुदायको परम्परागत सीप र क्षमता अभिवृद्धि गर्न सरकारले लगानी गरेको बताउनुभयो ।
मानव अधिकार रक्षक संजालका संयोजक रविनाथ ठाकुरले अल्पसंख्यक समुदायको अवस्था र अधिकारबारे कार्यपत्र प्रस्तु गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि अल्पसंख्यक समुदायका शिवनन्दन जयसवाल, शुक्रराज चिडिमार, प्रतिमा वादी लगायतले टिप्पणी गर्नुभएको थियो । गैरसरकारी संस्था महासंघ लुम्बिनीका अध्यक्ष सुशिला बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार आयोग बुटवलका प्रमुख दिपक आचार्य, लुम्बिनी प्रदेश सरकारको कानुन मस्यौदा आयोगका सदस्य महेन्द्र प्रसाद पाण्डे अधिवक्ता भोला पासवान लगायतले अल्पसंख्यक समुदायकोलागि अव राज्यको दायित्व के हुने भन्नेबारेमा सुझाब दिनुभएको थियो ।

लुम्बिनी रिभ्यू