बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थीत सहरीकरण, सुबिधा सम्पन्न आधुनिक सहरी विकास र दिगो पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता राखेको बताएका छन् ।
बुटवलमा निर्माणाधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्दै उनले सुबिधा सम्पन्न सहरी विकास र पूर्वाधारले आर्थिक विकासमा समेत सघाउने बताए । ‘व्यवस्थित सहरीकरण सुन्दर, स्वस्च्छ , दीगो हुन्छ । आर्थिक गतिविधि बढाउन पनि सहज हुन्छ ।’ उनले भने ।

प्रधानमन्त्री देउवाले सभाहल संचालनले बुटवलको आर्थिक विकास र सामाजिक गतिविधि बढाउन धेरै सहयोग पुग्ने बताए । सभाहलको बढी भन्दा बढी उपयोग गर्न सके राष्ट्रिय अन्तराष्ट्रिय सभा सम्मेलन बढ्ने र त्यसले यहा“को दीगो विकास हुने उनले जनाए । ‘सभाहलको जति उपयोग गर्न सक्यो त्यति आम्दानी हुन्छ । यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउन सहयोग गर्नेछ ।’ उनले भने ।
कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाडले रुपन्देहीमा सुरु योजनाहरु एकपछि अर्को गर्दै पूरा हुदै र व्यवस्थीत हुदै गएको बताए । उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको संचालनपछि सभाहल बनेकाले यहा बढी भन्दा बढी राष्ट्रिय अन्तराष्ट्रिय कार्यक्रम हुने र यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउने बताए ।
शहरी विकास मन्त्री मेटमणी चौधरीले व्यवस्थित सहरी पूर्वाधार बनाउने र आर्थिक क्रियाकलाप बढाउने दृष्टिकोणमा सम्मेलन केन्द्र बनेको बताए । अन्तराष्ट्रिय कार्यक्रम समेत हुने भएकाले यसले रुपन्देहीमात्र नभइ आसपासका जिल्लालाई पनि फाइदा हुने बताए । आर्थिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा अगाडि बढीरहेको बुटवललाई सम्मेलनकेन्द्रले कोशेढुंगाको रुपमा काम गर्ने बताए ।
अन्तराष्ट्रिय स्तरका सभा, सम्मेलन, गोष्ठी र बैठकहरु गर्न मिल्ने गरी बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ
। केन्द्र रामनगरस्थित बुटवल मण्डपमा रहेको ९ बिगाह ६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।१ अर्ब ११ करोड रुपैयाँ लागतमा शहरी विकास मन्त्रालयले सम्मेलन केन्द्र बनाएको हो । यहाँ मुख्य सभाहलसहित १३ वटा २ हजार ७ जना अट्ने क्षमताका हल छन् । एक हजार जना हट्ने मुख्य सभाहलको गौतमबुद्ध नाम दिइएको छ ।

लुम्बिनी रिभ्यू