दाङ – दाङमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका ४ तल्लो हलवारका पेण्डुवा चौधरीले श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे रड प्रहार गरी हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो । पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
पेण्डुवा ४३ वर्षिय हुन् भने श्रीमती ४२ वर्षिय थिइन् । श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेको प्रहरीले जानाकारी गराएको छ।

लुम्बिनी रिभ्यू