• Saturday 25th July 2026

प्रमाण र पहिचान जुटाउन नसक्दा व्यक्तिगत घटना दर्ता तथा नागरिकता प्राप्तिमा समस्या

प्रमाण र पहिचान जुटाउन नसक्दा व्यक्तिगत घटना दर्ता तथा नागरिकता प्राप्तिमा समस्या

द्धन्द्धप्रभावित तथा सिमान्तकृत समूदायका एकल महिलाहरुको गुनासो ः स्थानीय तह र प्रशाशनले प्रमाण खोज्ने तर, प्रमाण दिने पति नहुने, हामीले के गर्ने ?


  • लुम्बिनी रिभ्यू

बुटवल, प्रमाण र पहिचान जुटाउन नसक्दा व्यक्तिगत घटना दर्ता तथा नागरिकता प्राप्तिमा समस्या भएको द्धन्द्धप्रभावित तथा सिमान्तकृत समूदायका एकल महिलाहरुले गुनासो गरेका छन् ।
यहीं कारण बालबालिकाको जन्म दर्ता गरिदिन र नागरिकता बनाउन नसकेको उनीहरुले बताए ।
मानव अधिकारको लागि महिला एकल महिला समुह रुपन्देहीको आयोजनामा बुटवलमा आयोजित द्वन्द प्रभावित परिवार, सिमान्तकृत, एकल महिला र प्रहरी बीच लैंगिकतामा आधारित हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागीले द्धन्द्धप्रभावित र सिमान्तकृत एकल महिला र तिनका सन्तानको नागरिकताको मुद्दालाई संवेदनशील रुपमा लिएर हल गरिदिन माग गरे । द्वन्द्धपीडित जया पौडेलले स्थानीय तह र प्रशाशनले प्रमाण खोज्ने तर, प्रमाण दिने पति नहुदा धेरै असहाय नागरिकता वीहन भएको बताइन् । यस्तै एकल महिला माया दर्नालले एकल र सिमान्तकृत समुदायका महिलाको क्षमता अभिवृद्धि , स्वास्थ्य विमा लगायतमा सघाउन आग्रह गरिन् । एकल महिला समूहका जिल्ला अध्यक्ष राधिका श्रेष्ठले ऐन कानुन नजान्दा र राज्यका संयन्त्रमा पहुंच नपुग्दा एकल त्यसमा पनि सिमान्तकृत र द्धन्द्धप्रभावितहरु महिला लैंगिक र सामाजिक हिंसामा परिरहेको बताउदै प्रहरी र स्थानीय सरकारलाई सहयोगी बन्न आग्रह गरिनन् ।

एकल महिला समूहका रुपन्देही सचिव रिता सेनले सस्त्र द्धन्द्धमा बुटवल उपमहानगर भित्र द्वन्द्धबाट ३५ जनाको ज्यान गएको बताउदै उनीहरुको नाममा सहिद स्तम्भ बनाइदिन, बेपत्ताको खोजी गरिदिन र निशुल्क स्वास्थ्य विमा कार्यान्वयनमा ल्याइदिन माग गरिन् । इप्रका बुटवलका प्रमुख विजय राज पण्डितले द्धन्द्धप्रभावितको सहयोग र शान्ति सुरक्षामा सहकार्यको लागि सधै तयार रहेको बताए ।
बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा अर्यालले बुटवलले कोहि पनि व्यक्ति अनागरिक हुन नपरोस भनेर अभियान चलाएको बताउदै समस्या पहिचानमा सघाउन आग्रह गरिन् ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले सीप सिकेर स्वरोजगार बनेमा धेरै समस्या समाधान हुने बताउदै सिमान्तकृत र द्धन्द्धप्रभावित एकल महिलालाई सीपसित जोडिन आग्रह गरे । उनले व्यक्तिगत घटना दर्ता र नागरिकता सिफारिसमा आमालाई आधार मानेर धेरै काम गरेको बताउदै त्यसलाई सक्दा सहज बनाउने बताए । कार्यक्रममा सहजीकरण गर्दै संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले शक्ति र स्रोत नहुने व्यक्ति सिमान्तकृत भएकाले उनीहरुको हीतमा काम गर्नु राज्यको पहिलो दायित्व भएको बताइन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend