• Saturday 25th July 2026

दलका प्रचार रणनीति : बहस श्रृंखला १

दलका प्रचार रणनीति : बहस श्रृंखला १


  • लुम्बिनी रिभ्यू

दीपक ज्ञवाली

नेकपा (एमाले) र प्रचार

नेकपा (एमाले) नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । यो पार्टी नेपाली समाज रुपान्तरणका लागि बलियो र नेतृत्वदायी शक्तीको रुपमा रहेको छ ।
जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्दै समाजवाद स्थापना गर्ने एमालेको रणनीतिक लक्ष्य रहेको छ । पटक पटक सरकारको नेतृत्व गर्दा वा सरकारमा सहभागि हुँदा एमालेले अनेक ऐतिहासिक कार्यहरु गरेर जनताको सही पार्टी रहेको प्रमाणित गरेको छ । एमाले पछिल्लो आमनिर्वाचनमा सिट संख्यामा प्रावधिक हिसावले केही पछि रहे पनि प्राप्त मतको आधारमा सबैभन्दा लोकप्रीय पार्टी बनेको छ ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पलाई एमालेले आफ्नो कार्यभार बनाएको छ । यस्तो कार्यभार पूरै गर्दै समाजवाद स्थापना गर्ने लक्ष्यमा पुग्नका लागि एमालेले तात्कालिन,अल्पकालिन र दीर्घकालिन रणनीतिहरु बनाएको छ । त्यस्ता रणनीतिहरुमध्ये मिसन ८४ एक प्रमुख हो । जुन मिसनले एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिको रुपमा थप स्थापित गर्ने छ । अब एमालेको ध्यान त्यसमा केन्द्रित छ ।
एमालेका यस्ता सबै प्रकृतिका रणनीतिहरु पूरा गर्नका लागि सञ्चार अथवा प्रचार प्रसार रणनीति अति जरुरी पक्ष हो । प्रचार प्रसारको आन्तरिक मूल उध्येश्य जनतामा पार्टीको विचार,सिद्धान्त,विभिन्न घटनाक्रम,अवसर वा कालखण्डमा उसले लिने अडान र त्यसको औचित्वबारे आम जनतालाई सुसूचित गरी पार्टीको श्रेष्ठता स्थापित गर्नु हो ।
एमाले नागरिकको सूचनाको हकको सम्मान गर्दछ । यस्तो हकको पूर्ण कार्यन्वयन गर्दै नागरिकलाई हरेक कुरामा सुसूचित गर्न, पार्टीका हरेक गतिविधिहरु स्थानीय स्तरसम्म प्रवाह गर्न र पार्टीलाई जनताको पक्षमा अझ ब्यापक बनाउन सञ्चार कार्य ब्यवस्थित हुन जरुरी छ । यस्तो ब्यवस्थाका लागि एमाले सञ्चार नीति बनाउदै केन्द्रदेखि स्थानीयस्तरसम्म त्यसको कुशल कार्यन्वयनका लागि प्रतिवद्ध र कृयाशिल छ ।
प्रचार प्रसारका क्षेत्रमा एमालेको पछिल्लो महाधिवेशनले स्पष्ट नीतिगत दिशानिर्देश गरेको छ । त्यसका मूल पक्ष हुन—पार्टीका सिद्धान्त, कार्यक्रम, नीति र निर्णयहरू जनतामा स्थापित गर्न प्रचार–प्रसार गर्ने र पार्टीका पक्षमा जनमत सिर्जना गर्ने, पार्टीको मुखपत्र, आधिकारिक वेवसाइटलगायत विद्युतीय सञ्चारमाध्यम सम्पादन, प्रकाशन तथा आवश्यकता अनुसार अन्य प्रचार सामग्री उत्पादन गर्ने, स्वदेशी तथा विदेशी सञ्चारमाध्यम र संस्थाहरूसँग नियमित सम्बन्धसम्पर्क कायम गर्ने, सम्बन्धित विषयका विज्ञहरूको अभिलेख राख्ने, उनीहरूसँग अन्तक्र्रिया तथा छलफल गर्ने र सुझाव संकलन गर्ने लगायत ।
पार्टी प्रचारलाई प्रभावकारी बनाउन नेतादेखि कार्यकर्तासम्म सचेत र सकृय हुनुपर्दछ । जसका माध्ययमबाट नागरिकलाई सही सूचनामार्फत सुसूचित गर्न सकियोेस । त्यसका लागि परम्परागत मिडियादेखि अत्याधुनिक सञ्चार प्रविधिसम्म सबै अपडेट हुन जरुरी छ ।
पार्टीको आन्तरिक जीवनमा प्रचार प्रसारलाई ब्यवस्थित गर्नका लागि केही कार्य अति जरुरी छ । जस्तो कि केन्द्रीय प्रचार तथा प्रकाशन विभाग र प्रदेश अन्तर्गत प्रचारको कार्य सम्पादन प्रभावकारीरूपमा गरी जनस्तरसम्म पु¥याउने, जिल्ला तथा स्थानीय तह र जनसंगठनले सम्बन्धित कार्यक्षेत्र र क्षेत्राधिकार भित्र रही प्रभावकारी प्रचार कार्य सञ्चालन गर्ने लगायत ।
केन्द्रदेखि स्तानीयस्तरसम्म सही सूचना प्रवाहमा कयौं चुनौति प्रवृतिहरु छन् । राष्ट्रिय नेटवर्क भएका कतिपय सञ्चारमाध्यम संस्थागतरुपमै पार्टीविरुद्ध परिचालन हुने गरेका, त्यस्ता सञ्चारमाध्यमहरूले एजेन्डा सेटिङ गरी भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरिरहेका, कतिपय सामाजिक सञ्जाल पार्टीविरुद्ध प्रायोजितरुपमा दुरुपयोग हुने गरेका, पार्टीका सकारात्मक समाचार ओझेलमा पर्ने गरेका जस्ता कयौं प्रवृतिहरु छन् । त्यस्ता प्रवृति र चुनौति चिर्दै सही सूचना प्रवाह गर्नु पार्टीका हरेक सदस्यहरुको दायित्व हो ।
प्रचार कार्यको विषयमा केही कुराहरुलाई विशेष प्राथमिकतामा राख्नु पर्दछ । जसका कारण राष्ट्र र जनताको पक्षमा थप उपलब्धिहरु हासिल हुन सक्दछन् । ती यस प्रकार छन् ः
वैचारिक पक्ष ः पार्टीको राजनीतिक दृष्टिकोण, माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादका आधारभूत विषय, सैद्धान्तिक–दार्शनिक पक्ष एवं नेपाली सन्दर्भमा त्यसको सिर्जनात्मक प्रयोग र एमालेको अग्रसरता ।
राजनीतिक दृष्टिकोण ः राजनीतिक स्थिरताका लागि बलियो राजनीतिक शक्तिको आवश्यकता र त्यसको निम्ति एमाले एक मात्र विकल्प । राजनीतिक धु्रवीकरण अपरिहार्यता ।
राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता ः भू–राजनीतिक जटिलतामा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा एमालेबाट मात्र सम्भव ।
राष्ट्र निर्माणको स्पष्ट दृष्टिकोण ः समृद्ध नेपाल, सुखी नेपाली । एमालेका सवल पक्षः विश्वसनीय राजनीतिक शक्ति, मजवुत संगठन, सशक्त सञ्जाल, दूरदर्शी नेतृत्व, अनुशासित कार्यकर्ता, जनताको अपार साथ र समर्थन । लगायत ।
एमाले आमनागरिकको सर्वोत्तम हितका लागि सकृय जनमुखी पार्टी हो । त्यसकारण सञ्चारको केन्द्रविन्दु पनि आमनागरिकलाई बनाउनु पर्दछ । यही मूल मान्यताका साथ नागरिकमा सही सूचना पुर्याउँदै समृद्धि हासिल गर्नका लागि सवै किसिमका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक सञ्चार र विभिन्न ग्रुप, सञ्जाल, विधि र संयन्त्रमार्फत आन्तरिक सञ्चार कायम गरी पार्टीका नीति, कार्यक्रम र उपलब्धीहरु जनतासमक्ष उजागर गर्नुपर्दछ । यस्तो कार्य केन्द्र,प्रदेश,जिल्ला र स्थानीय स्तरसम्मै हुनुपर्दछ ।
सञ्चारमा अत्याधुनिक माध्ययम अर्थात डिजिटल प्लेटफर्मको ब्यापकताले आमसञ्चारका क्षेत्रको प्रयोगमा उतारचढाव आईरहेको छ । अहिले परम्परागत माध्ययमभन्दा पनि नयाँ माध्ययमहरुमा आकर्षण बढिरहेको छ । यस्तो अवस्थामा एमाले पंक्ती नयाँ प्रविधितर्फ अभ्यस्त हुनुपर्दछ । जो नयाँ प्रविधिमा अभ्यस्थ हुन सक्दैन, उ पछि पर्छ । किनभने अहिले च्याटजिपिटी,एआई जस्ता अत्याधुनिक प्रविधिहरु भित्रिइसकेका छन् ।
अहिले गाउँगाउँसम्मै नयाँ प्रविधिको प्रयोग र अभ्यासले ब्यापकता पाईरहेको छ । परम्परागत सञ्चारका माध्ययमहरुको संम्वन्धलाई कायम राख्दै एमाले पंक्ती डिजिटल माध्ययमको प्रयोग बढाउने गरी अघि बढ्नु पर्दछ । त्यसका लागि परम्परागत माध्ययमदेखि अत्याधुनिक माध्ययमहरुको प्रयोग र प्रवृतिहरुबारे जानकार हुनुपर्दछ ।
खासगरेर पत्रपत्रिका, रेडियो, टेलिभिजन, समाचार एजेन्सी परम्परात माध्ययमहरु हुन् । फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्राम, फेसबुक म्यासेन्जर, विच्याट आदि सामाजिक सञ्जालहरु हुन् । ह्वाट्सएप,भाईवर लगायत दोहोरो सम्वादका माध्ययमहरू हुन् । नेकपा (एमाले), हाम्रो पात्रो लगायत मोबाइल एप हुन । विभिन्न अनलाइन मिडियाहरू नयाँ मिडिया हुन् ।
यस्ता मिडिया र माध्ययमहरुको सही सदुपयोगले सही सूचना सही लक्षित बर्गसम्म पुर्याउन सकिन्छ । जसबाट खास लाभ हासिल हुन सक्दछ । यस्तो माध्ययमहरुको सदुयोगबाट प्रमोशन, ब्रान्डिङ, सेवा प्रवाह वा वितरण, प्रतिवाद लगायतका क्षेत्रका अनेक सकारात्मक परिणाम हासिल हुन सक्दछन् ।
सही सूचना प्रवाहका लागि एमालेका आधिकारिक च्यानलहरुको प्रयोग र उपयोगमा प्रोत्साहन जगाउन जरुरी छ । एमालेका आधिकारिक च्यानलहरू निम्न छन् ः
ड्ड वेबसाइट अउलगm।ियचन
ड्ड फेसबुक पेज ऋयmmगलष्कत एबचतथ या ल्भउब,िग्ःी
ड्ड विभागको फेसबुक पेज ऋएल् ग्ःी ऋभलतचब िएगदष्अिष्तथ म्भउबचतmभलत नेकपा एमाले केन्द्रीय प्रचार विभाग
ड्ड पार्टीको अफिसियल भिडियो बुलेटिन ः सूर्य खबर
ड्ड ह्वाटसप ग्रुप अभलतचब िउगदष्अिष्तथ मभउबचतmभलत गm िकेन्द्रीय प्रचार विभाग (एमाले) । (देशभरिको प्रयोगका लागि)
ड्ड एगदष्अिष्तथ म्भउबचतmभलत ऋएल् ग्ःी (विभागको प्रयोगका लागि)
ड्ड थ्यगत्गदभ( ज्बmचयल्भउब ि९जबलमभि( २जबmचयलभउबद्दिण्द्दघ० लगायत ।
प्रसङ्गतः कम्युनिष्ट आन्दोलनका अनेक ऐतिहासिक आयाम भएको गुल्मी जिल्लामा सञ्चारको ब्यवस्थित प्रयोग वा प्रचार प्रसार गर्न सकिए थप उपलब्धि हासिल गर्न सकिन्छ । यहाँ खास गरेर एमाले र एमालेका जनप्रतिनिधिहरुका कारण बिकासका अनेक ऐतिहासिक कार्यहरु भएका छन् । कयौं दीर्घकालिन योजनाहरु सञ्चालनमा छन् । तर तीबारे सही र प्रयाप्त सूचना प्रवाह हुन सकेको छैन् । आमनागरिक समक्ष ती सबै सूचना प्रवाह गर्दै गुल्मेली जनतालाई सुसूचित गर्न र समृद्धिका लागि एमालेमा समाहित हुन सन्देश प्रवाह गर्नु जरुरी छ ।
त्यसका लागि जिल्ला र पालिका तहसम्म प्रचार कार्य सम्पादनको लागि संरचना निर्माण गरी क्रियाशील बनाउनु पर्दछ । पालिका तहसम्म पार्टीका प्रचार सामग्री पु¥याउन सञ्जाल विस्तार गरी प्रचार दूत खटाउनु थप प्रभावकारी हुनेछ । जिल्लामा लोकप्रिय पेज, गु्रपको सूची संकलन गरी विश्लेषण गर्ने कार्य पनि परिणाममुखी हुनेछ । त्यस्तै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका काम जनस्तरमा पु¥याउनु, सामाजिक सञ्जालको अधिकतम सदुपयोग गरेर योजना बनाउनु पनि एमाले पंक्तीको दायित्व हो । ताकी आमनागरिकले सबै सही सूचना एमाले पंक्तीबाट पाउन । र, राष्ट्र निर्माणको मूल प्रवाहमा झन् धेरै सकृय बनुन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend