• Saturday 25th July 2026

एमाले रूपन्देहीको अधिवेशन सुरू, उपाध्यक्ष पौडेलद्वारा उद्घाटन

एमाले रूपन्देहीको अधिवेशन सुरू, उपाध्यक्ष पौडेलद्वारा उद्घाटन


  • लुम्बिनी रिभ्यू

बुटवल । नेकपा एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । बुधबारदेखि भैरहवामा सुरु भएको अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका हुन् ।

बिहीबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित १४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । अध्यक्षमा वर्तमान अध्यक्ष तेजेन्द्र केसी,  सचिव यज्ञ गैरे,उपसचिव तगा
नामैना नगरपालिका पूर्वमेयर चित्र बहादुर केसी, उपसचिव ले हितराज पन्थीले आकांक्षा राखेका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा उपाध्यक्ष पौडेलसहित सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्य  लीला गिरीलगायतले शुभकामना मन्तव्य दिएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend