• Saturday 25th July 2026

भ्रष्टाचार शुन्यमा झार्न नेतृत्व पारदर्शी बनौं : मुख्यमन्त्री आचार्य

भ्रष्टाचार शुन्यमा झार्न नेतृत्व पारदर्शी बनौं : मुख्यमन्त्री आचार्य


  • लुम्बिनी रिभ्यू

बुटवल–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शुन्यमा झार्न नेतृत्व तहमा रहेका व्यक्ति पारदर्शी हुनुपर्ने बताउनु भएको छ ।
भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ को सुझाब संकलनका लागि शनिबार भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दैै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनु भएको हो । मुख्यमन्त्री आचार्यले वडा तहमा हुने भ्रष्टाचारका उजुरीलाई समेत हेर्नेगरी अख्तियारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताउनु भयो । सुशासनको क्षेत्रमा पारदर्शी बन्न आग्रह गर्दै मुख्यमन्त्री आचार्यले आफू पारदर्शी बने अरुलाई बनाउन र भ्रष्टाचार न्यूनिकरण गर्न सकिने उहाको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको बताउनुभयो । भ्रष्टाचारलाई शुन्यमा झार्नेगरी सुशासन कायम गर्न प्रदेश सरकारले पाँच बर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पुराएको उहाले बताउनुभयो । मुख्यमन्त्री आचार्यले भ्रष्टाचार शुन्यमा झार्न राजनैतिक नेतृत्व, कर्मचारी तह लगायत जिम्मेवारीमा रहेकाहरुमा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेको समेत धारणा राख्नु भयो । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारको आयोजनामा भैरहवामा भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण बारे छलफल गरिएको हो । भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी कार्यान्वयन गर्ने सन्दर्भमा भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीनि तथा कार्ययोजना निर्माण गर्न थालिएको छ ।
कार्यक्रममा भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजनाको कार्यपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव राजेन्द्र थापाले गर्नु भएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend