• Saturday 25th July 2026

नवराज कुंवरको अध्यक्षतामा प्रकाशन तथा प्रशारण संघ लुम्बिनी

नवराज कुंवरको अध्यक्षतामा प्रकाशन तथा प्रशारण संघ लुम्बिनी

प्रकाशन तथा प्रशारण संघ मिडिया संचालकहरुको संस्था हो


  • लुम्बिनी रिभ्यू

बुटवल, नवराज कुंवरको अध्यक्षतामा प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कुंवर बुटवल पव्लिकेशन प्रालिद्धारा संचालित बुटवल टुडे दैनिक तथा अनलाइनका संचालक एवं प्रवन्ध सम्पादक हुन् ।
बुटवलमा शनिबार सम्पन्न प्रथम साधारण तथा अधिवेशनबाट उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् । ३ जना सचिवमा पत्रपत्रिका तर्फबाट विनोद पौडेल र रेडियो टिभितर्फबाट आशिष गुप्ता र अनलाइन तर्फबाट दीपक घिमिरे निर्वाचित भएका छन् ।
सदस्यहरुमा जगदिश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा वस्नेत रिया र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । कार्यसमितिले संघको ३ सदस्यीय सल्लाहकार समेत मनोनित गरेको छ । जसमा डा बालकृष्ण चापागाई, शुक्रऋषि चौलागाई र देवी वाग्ले मनोनित भएका छन् ।
प्रकाशन तथा प्रशारण संघ मिडिया संचालकहरुको संस्था हो । जसलाई लुम्बिनी प्रदेशमा छरिएर रहेका रेडियो, टेलिभिजन, पत्रिका तथा अनलाइन संचार माध्यमहरुको साझा संस्था बनाइएको हो ।

निर्वाचनपछि बोल्दै अध्यक्ष कुँवरले मिडियामा देखिएका चुनौति कम गरी सम्भावनाहरुको खोजी गर्न संघ सधै तत्पर रहने बताए ।उनले अब संगठित रुपमा सञ्चार गृहहरुले भोग्नु परेका आर्थिक संकट लगायतका चुनौतिलाई कम गर्दै सम्भावनाको खोजी गर्ने बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend