• Saturday 25th July 2026

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। तुइन खोलानजिक झरेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई दुईतर्फी खुलाउने प्रयास भइरहेको छ। सोमबार दुईतर्फी सडक खुले पनि पहिरो खस्ने क्रम नरोकिएकोले कहिले अवरुद्ध त कहिले एकतर्फ रूपमा सडक सञ्चालन हुँदै आएको छ।

सवारी चालकले सवारीसाधन अव्यवस्थित तवरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको कार्यालयले जनायो । लेन अनुशासनको पालना गरेर यात्रा गर्न कार्यालयले अनुरोध गर्दै आएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend