• Saturday 25th July 2026

रिहा भएपछि के गर्दैछन् दुर्गा प्रसाईँ ?

रिहा भएपछि के गर्दैछन् दुर्गा प्रसाईँ ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रिहा भएका छन् ।

डा‌. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएपछि आइतबार प्रसाईँ रिहा भएका हुन् । प्रसाईँका छोरा निराजनले  बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको छ ।

यसैविच सरकार र प्रसाईँसमूहबिच वार्ता हुने भएकाे छ । वार्ताको समय भने तोकिएको छैन ।

शनिबार सरकार र प्रसाईँ पक्षबिच आज(मङ्सिर ७) हुने भनिएको आन्दोलन फिर्ताको सहमति भएको थियो । यस्तै प्रसाईँले यसअघि प्रस्तुत गरेका २७ बुँदे मागका सम्बन्धमा प्रसाईँसँगै वार्ता हुने सहमति पनि भएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend