बुटवल । आफ्नै पतिको हत्या गरेको आरोपमा रुपन्देहीकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ सखुवानीका जगदिश चौधरीलाई हत्या गरेको आरोपमा पत्नी ३९ वर्षे ग्रिजादेवी थारु पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार थारुले आफ्नै घरको कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो दाउले घाटी तथा शरिरको बिभिन्न भागहरुमा प्रहार गरी हत्या गरेकी हुन् । हत्यामा छिमेकी ५२ वर्षको फुलचन्द्र वानियाले सघाएको भन्दै प्रहरीले उनलाई समेत पक्राउ गरेको छ । ग्रिजाको पतिसंग आर्थिक र घरयासी विवाद भएको र वानियासंग अबैध सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । आरोपित महिलाकी छोरीको विवाह भइसकेको छ भने छोरा पनि १८९ वर्ष पुगीसकेका छन् । पुरुषका छोराछोरी छन् तर पत्नी छैनन् ।

लुम्बिनी रिभ्यू