बुटवल, रुपन्देहीको मर्चवारी गाउपालिका १ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ ।
स्थानीय शेषमन कुर्मीकी सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शब शनिबार बिहान मर्चकारी १ कै खुरहुरीया घाट नजिक गैडहा नालामा फेला परेको छ ।
हत्या आरोपमा मर्चवारीकै महाराज गन्जका अकवर अलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए । बालिका शुक्रबार साझ ५ बजेदेखि बेपत्ता थिइन् । स्थानीयले अलीले साइकलमा लगेको देखेको बताएपछि प्रहरीले बिहान उनलाई नियन्त्रणमा लिएको थियो । अलीले बालिकालाई घरबाट लगी मारेर खोलामा लगेर गाडेको बयान दिएका थिए । त्यसकै आधारमा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए ।

लुम्बिनी रिभ्यू