• Saturday 25th July 2026

प्रधानमन्त्री दाहालले फागुन १९ मा लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री दाहालले फागुन १९ मा लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने


  • लुम्बिनी रिभ्यू

बुटवल, प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १९ मा लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।
फागुन १८ देखि सुरु हुने प्रदेश सभाको अधिवेशनको अवसर पारेर उनले सम्बोधन गर्ने भएका हुन् । लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलन, संघीय र प्रदेश सरकारबीचको समन्वय लगायतमा प्रधानमन्त्री दाहालको सम्बोधन हुने सभामुख तुलाराम घर्ती मगरले बताए ।
लुम्बिनी शिखर सम्मेलन, प्रदेश सभालाई सम्बोधन लगायतका बारेमा कुरा गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुखले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए ।
लुम्बिनीमा फागुन २८ र २९ गते शिखर सम्मेलन हुँदैछ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend