बुटवल, मीना ढकालको नेतृत्वमा सञ्चारिका समुह रुपन्देहीको नयाँ नेतृत्व चयन भएको छ ।
संचारिका समूह रुपन्देहीको वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट उपाध्यक्ष अस्मिना पाण्डे, महासचिवमा छाया पन्थ, सचिवमा पूजा पन्थी, कोषाध्यक्षमा अम्बिका परियार, कार्यक्रम संयोजक कल्पना डुम्रे चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा सुमित्रा चापागाई, शुशिला पोख्रेल, शारदा शाही, सृष्टि अधिकारी, एलिनाआचार्य, प्रेरणा केसी, अनिता चौधरी, सुनिता चुदाली र आमन्त्रित सदस्यमा कल्पना घिमिरे चयन भएको निर्वाचन समिति संयोजक अमृता अनमोलले बताइन्।
कार्यक्रममा सञ्चारिका समुह रुपन्देहीका अध्यक्ष निरा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बुटवलउपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । अर्यालले बोल्दै पत्रकारमहिलाले हरेक क्षेत्रमा कलम चलाउनु पर्ने भन्दै पुरुष पत्रकारसंग प्रतिस्पर्धामा जानुपर्ने बताईन । उनले सन्चारिकासमुहले विभिन्न चरणमा गरेका कार्यक्रमहरुबाट स्थानीय तहको राम्रा नराम्रा दुवै खालको समाचारहरु बाहिर आएकोबताइन् ।
त्यस्तैगरी सञ्चारिका सम्मान – २०८१ बाट संस्थाका सल्लाहकार रेखा भुसाललाई सम्मान गरिएको छ । यसअघि साधारण सभामा बोल्दै संचारिका समूह रुपन्देहीका सल्लाहकार अमृता अनमोल, माया गौतम र दुर्गा पौडेलले बोल्दै पत्रकार महिलालाई अब्बल बनाउन संचारिकाले खेलेको भूमिकाबारे बताएका थिए । त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनोद परियारले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम महासचिव अस्मिना पाण्डे र कोषाध्यक्ष कल्पना डुम्रेले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो । सञ्चारिका समूह ‘ समानताका लागि सञ्चार’ अभियान भन्नेमुल नाराका साथ स्थापित संस्था हो ।

लुम्बिनी रिभ्यू