• Saturday 25th July 2026

नेपालका ५६ प्रतिशत भन्दा बढि घरपरिवारमा आउछ विप्रेषण, यो कुल ग्राहस्थ उत्पादनको करिब २३ प्रतिशत हो

नेपालका ५६ प्रतिशत भन्दा बढि घरपरिवारमा आउछ विप्रेषण, यो कुल ग्राहस्थ उत्पादनको करिब २३ प्रतिशत हो

वैदेशिक रोजगारीलाई युवाहरुको अल्पकालीन रोजगारीको विकल्प मात्र लिनुपर्छ ः सरोकारवाला


  • लुम्बिनी रिभ्यू

बुटवल, वैदेशिक रोजगार वोर्डले नेपालका ५६ प्रतिशत भन्दा बढि घरपरिवारमा विप्रेषण आउने तथ्यांक सार्वजनिक गरेको छ ।
वैदेशिक रोजगार वोर्डले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै वैदेशिक रोजगारीबाट १२ खर्ब २० अर्ब ५६ करोड रुपैया रेमिट्यान्स आएको र ५६ प्रतिशत भन्दा बढि घरपरिवारमा पुगेको जनाएको होे । जुन कुल ग्राहस्थ उत्पादनको करिब २३ प्रतिशत हो ।
बोर्डका निर्देशक टिकाराम ढकालले सीप नसिकी र आफूले गर्ने आम्दानीको अनुमान नराखी वैदेशिक रोजगारीमा जादा भने फाइदा नहुने बताए । बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा ७ लाख ७१ हजार ३ सय २७ जना वैदेशिक रोजगारमा गएका थिए ।
श्रम कार्यालय बुटवलका प्रमुख केशवराज भट्टराइले सीप सिक्नु साटो नक्कली प्रमाणपत्र बनाउने र कामबारे बेखबर भएर गएकाले वैदेशिक रोजगारमा पनि दुःख पाएको बताए । श्रम स्वीकृति नलिइ जाने, यौटा देश भनेर अर्कोमा जाने , भिजिट भिसा र काम फेरेर गर्ने श्रमिकहरु समस्यामा पर्दा समेत सरकारी सहयोग नहुने भएकाले स्थानीय तहमा काम गर्ने सरोकारवालाले नै रोक्नुपर्ने उनको भनाइ थियो ।


सुरक्षित वैदेशिक रोजगारमा काम गर्ने सरोकारवालाले भने वैदेशिक रोजगारीमा हुने ठगी विरुद्ध उजुरी दिने संरचना बनाउन, दर्ता विनाका विदेश पठाउने सस्था बन्द गराउन आग्रह गरेका थिए । सहभागीले विदेश गएर उतै बस्नेलाई निरुत्साहित गरी सिक्ने, कमाउने र सुरक्षित फर्कने प्रक्रियालाई सहयोग गर्नुपर्ने बताए । त्यसका लागि देशको नीतसंगै वैदेशिक रोजगारमा जाने व्यक्ति, घरपरिवार र समूदाय सहयोगी बन्नुपर्ने उनीहरुले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend