बुटवल, ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा बुटवलमा शनिबारदेखि सडक खाना महोत्सव सुरु भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाली खाना तथा कला संस्कृतिको संरक्षण सम्वद्धर्न गर्ने उद्देश्यले सडक खाना महोत्सवको आयोजना गरिएको हो । बुटवलको इटाभट्टीस्थत कालिकापथमा भएको महोत्सव होटल तथा रेष्टुरेन्ट ब्यवसायी रुपन्देहीले आयोजना गरेको हो ।
महोत्सव प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले खाना महोत्सवको इतिहास धेरै पुरानो भएको बताए । बुटवलमा यो कार्यक्रम हुनुले व्यवसायी र नागरिक बीचको मिलन तथा व्यापारमा सहजीकरण हुने उनले बताए ।साझ ६ बजेदेखि राति १२ बजेसम्म चल्ने रात्रीकालिन खाना महोत्सवको आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य छ ।

महोत्सवमा विभिन्न जातजाती र संस्कृतिका खानाका परिकारका एक सय स्टलहरु राखिएको छ । जहां लुम्बिनी प्रदेश स्तरमा रहेका थारु, मुस्लिम, मधेशी, मगर, गुरुड। समुदायहरुलाई प्राथमिकताका साथ सुपथ मूल्यमा उपलब्ध गराइएको हो । सडक खाना महोत्सवमा १ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र २ करोडको कारोवार गर्ने लक्ष्य रहेको आयोजक अध्यक्ष लेखनाथ भण्डारीले बताए ।


लुम्बिनी रिभ्यू