• Saturday 25th July 2026

यसरी नियन्त्रणमा आयाे आयल निगम भलबारी डिपोमा भएको आगलागी

यसरी नियन्त्रणमा आयाे आयल निगम भलबारी डिपोमा भएको आगलागी


  • लुम्बिनी रिभ्यू

बुटवल। नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ। बिहान ११ः४०  बजे तेल खनाउने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा लागलागी भएको थियो।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए।

आगलागीबाट लु २ ख २६५६ नम्बरको ट्यांकर पूर्णरूपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

आगलागीबाट ट्यांकरका दुई जना सामान्य घाइते भएकोसमेत उनले बताए। घाइतेमध्येका एक सहयोगी तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा जलेको र उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend