बुटवल । कृषिको व्यवसायिकरणका लागि पूर्व तयारी र योजना आवश्यक पर्ने सरोकारवालाहरुले बताएका छन् । यसका लागि मानवीय जनशक्तिको साटो सफ्वेयर नै प्रभावकारी हुने उनीहरुले बताए ।

सरोकारवालाहरुको सुझाब अनुसार लुम्बिनी प्रदेश सरकारले कृषि व्यवसायिक तयारी सम्बन्धी सफ्टवेयर तयार गरेको छ । सफ्टबेयरले बजारको कृषि उपजको दररेट मापन गर्ने छ ।
त्यसको प्रमाणिकरण कार्यशाला तथा अभिमुखीकरण कार्यक्रम आइतबार बुटवलमा गरिएको छ । कृषि व्यवसाय प्रवद्धन सहयोग तथा तालिम केन्द्र खजुराले आयोजना गरेको कार्यक्रममा कृषि प्राविधिकहरु सहभागी थिए । उनीहरुले १२ वटै जिल्लामा सफ्टवेयर उपयोग गर्ने छन् ।
ड्रिम वक्र्स सोलुसनले उक्त सफ्टवेयर बनाएको थियो । उक्त संस्थाका किरण बगानुले सफ्टवेयर संचालन सम्बन्धी सहजीकरण गरेका थिए । कार्यक्रममा कृषि सचिव यामनारायण देवकोटाले सफ्टवेयरको उचित उपयोग गरी कृषि व्यवसायमा लगाउन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंकका लुम्बिनी प्रदेश कार्यालयका सहप्रवन्धक रोशन सुवेदी, कृषि विकास बैंकका प्रादेशिक कार्यालयका शालिकराम पौडेल , कृषि विकास निर्देशनालयका निमित्त निर्देशक रामप्रसाद पाण्डे, पशुंपक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. प्रवेज आलम, पशुपंक्षी विकास महाशाखा प्रमुख तुल्सीराम भण्डारी, कृषि व्यवसाय प्रवद्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख विवेक पन्थ लगायतले कृषि व्यवसाय, त्यसमा किसानको सहभागिता र व्यवसायिक तयारी सम्बन्धी जानकारी दिएका थिए ।

लुम्बिनी रिभ्यू