• Saturday 25th July 2026

बुटवलमा बिहीबारदेखि १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी

बुटवलमा बिहीबारदेखि १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी

बुधबार औद्योगिक जनचेतना र्‍याली निकालियो


  • लुम्बिनी रिभ्यू


बुटवल । बुटवलमा बिहीबारदेखि १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ हुदैछ ।
३० करोड रुपैया बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य सहित रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघले बिहीबारदेखि बुटवल मण्डपमा महोत्सव गर्न लागेका हुन् । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ १९ गतेसम्म चल्ने महोत्सव ६ लाख दर्शकलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ । महोत्सवको पूर्वसन्धामा बुधबार बुटवलमा औद्योगिक जनचेतना र्‍याली निकालिएको छ । बुटवल मण्डपबाट विभिन्न झाकीसहित निकालिएको र्‍यालीमा विभिन्न संघसंस्था, आमा समूह, उद्योगी व्यवसायी लगायत एक सयभन्दा बढी संघसंस्थाहरुको सहभागिता रहेको थियो । र्‍याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुन: प्रदर्शनीस्थलमा पुगेर समापन भएको थियो । अस्थायी संरचनामा गरिदै आएको महोत्सव यसपटक निर्माणाधिन प्रद्धशनी स्थललाई व्यवस्थापन गरेर आयोजना गरिएको छ । महोत्सवमा १० वटा पेभिलियनमा करिब ४ सय स्टल छन् । ती औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका उत्पादन र वस्तुका स्टल हुन् ।
स्वदेशी उत्पादनहरूको प्रदर्शन तथा बजारीकरणस“गै नेपाली उद्योगका लागि अवसरको खोजीको कडीको रूपमा प्राविधिक र व्यवस्थापकीय अनुभवको आदानप्रदानलाई पनि महत्व दिइएको आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले बताए । महोत्सवको बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend