• Saturday 25th July 2026

बुटवलमा स्वस्थ मासु पाइने आशा, अत्याधुनिक वधशाला संचालन गर्न उपमहानगरपालिकाले थाल्यो प्रक्रिया

बुटवलमा स्वस्थ मासु पाइने आशा, अत्याधुनिक वधशाला संचालन गर्न उपमहानगरपालिकाले थाल्यो प्रक्रिया

करिब २२ करोड लगानीमा निर्माण भएको यो पशुवधशाला दैनिक एक हजार खसीबोका वध गर्न सक्ने क्षमताको छ। वधशाला क्षेत्रमा बाख्राको चरन,होल्डिङ सेन्टर,पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष,वधशालामा खटिनेहरुका लागि प्राथमिक उपचार कक्ष,सुरक्षा कक्ष,फोहोर प्रशोधन केन्द्र,हरियाली उद्यान बगैंचा निर्माण गरीएको छ। वधशालाबाट निस्कने फोहोरलाई प्रशोधन गरेर बायोग्यास निकालिने छ।


  • लुम्बिनी रिभ्यू

संगिता पाण्डे

बुटवल — उपभोक्ताको घरमा स्वस्थ मासु पुर्याउन के गर्ने ? यसका धेरै उपाय हुनसक्छन् । बुटवल उपमहानगरपालिकाले भने व्यवस्थित वधशालामा पशु वध गरेर मात्र मासु पसल र उपभोक्ताको घरमा मासु पर्याउने भएको छ । त्यसका लागि निर्माण सकिएपनि संचालन बिधी नमिल्दा अलपत्र परेको बुटवलको पशु वधशाला सञ्चालन गर्ने प्रक्रिया थालेको छ ।

बुटवल उपमहानगरपालिका रामनगरमा निर्माण भएको पशु वधशाला संचालनका लागि टेण्डर समेत आब्हान गरेको छ। उपमहानगरले आज असार ३ गते टेण्डर खुलाएको हो। तीस दिनको समय राखेर टेण्डर आव्हान गरिएको छ। दुई विघा तीन कठ्ठा क्षेत्रफलमा बनेको वधशाला संचालनका लागि तीन बर्ष अघि सम्झौता गरीएको थियो। तर त्यतीबेला विधि र प्रक्रिया पुरा नगरी सम्झौता गरेको पाइएपछि नगरपालिकाले पुन: टेण्डर आब्हान गरेको नगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले बताइन् । आगामी आर्थिक वर्षदेखि वधशाला संचालन गर्ने गरी सबै प्रक्रिया पुरा गरी टेण्डर आब्हान गरीएको उनको भनाइ छ ।

वधशाला संचालनकालागि नगरसभाबाट पशु वधशाला संचालन र व्यवस्थापन विधेयक २०७९ पारित भइसकेको छ। जसमा पशु वधशाला संचालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने,बिक्रि केन्द्रसम्म ओसार पसार गर्दा पनि मापदण्ड पुरा भएका साधनको प्रयोग गर्नु पर्ने,मासु बिक्रि गर्न इजाजत पत्र लिनु पर्ने,जस्ता व्यवस्था गरीएको छ। उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले लामो समय अन्योलमा रहेको बधशाला संचालनको बाटो खोल्दै बुटवललाइ स्वस्थ मासु उत्पादन र बिक्रि गर्ने शहरको रुपमा स्थापित गर्न पशु वधशाला संचालन प्रक्रिया थालिएको बताए। करिब २२ करोड लगानीमा निर्माण भएको यो पशुवधशाला दैनिक एक हजार खसीबोका वध गर्न सक्ने क्षमताको छ। वधशाला क्षेत्रमा बाख्राको चरन,होल्डिङ सेन्टर,पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष,वधशालामा खटिनेहरुका लागि प्राथमिक उपचार कक्ष,सुरक्षा कक्ष,फोहोर प्रशोधन केन्द्र,हरियाली उद्यान बगैंचा निर्माण गरीएको छ। वधशालाबाट निस्कने फोहोरलाई प्रशोधन गरेर बायोग्यास निकालिने छ। त्यहाँबाट निस्कने फोहोर पानीलाइ पनि प्रशोधन गरी पुन: प्रयोग गर्न मिल्ने गरी उपयोग गरीने छ। यसअघि फागुन १ मा बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीच पशु वधशाला सञ्चालन गर्ने सहमति भएको थियो । सहमतिअनुसार वधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउने भनिएको थियो । जसमा सार्वजनिक, निजी, सहकारी उत्पादक साझेदारी अवधारणाबमोजिम वधशाला सञ्चालन गर्न बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिसँग एक साताभित्र विस्तृत सम्झौता हुने र लगत्तै सञ्चालन गर्ने सहमति भएपनि उक्त सहमती अनुसार प्रस्तावना आउने र सम्झौता हुने काम भएको थिएन ।

बुटवलमा ०६५ फागुनमा वधशाला निर्माणको काम सुरु भएको थियो । २०६६ बैशाखमा भौतिक संरचना सम्पन्न गर्ने गरी सुरु वधशाला सकिन झण्डै १० वर्ष लाग्यो । २ करोड ५० लाख रुपैया“ लगानीको २२ रोपनी क्षेत्रफल भित्र बनेको वधशालामा पशुपन्छी विकास मन्त्रालय र बुटवल उपमहानगरपालिकाको करिब ६ करोड रुपैया“ खर्च भएको छ । तर, निर्माणमा प्राविधिक त्रुटि देखिएको भन्दै भवन कारण संचालनमा आएन ।

एक दशक बिताएर बनाएको वधशाला बेवारिसे बनेपछि २०७७ साल असारमा अन्तराष्ट्रिय मापदण्डको आधुनिक र व्यवस्थीत बनाउने भन्दै अर्को वधशाला निर्माण थालिएको थियो । जथाभावी पशुवधले एकातिर उपभोक्ताको भान्सामा अस्वस्थ मासु गइरहेको छ । अर्कोतिर वधशाला निर्माणका नाममा सरकारको करोडौं रकम बालुवामा पानी भएको छ । उपभोक्ता हीत संरक्षणमन्चका प्रदेश अध्यक्ष तेजकुमार पाठकले उपभोक्तालाई स्वस्थ र स्वच्छ मासु पुर्याउन बनाइएको करोडौं लगानीको वधशाला संचालनमा जानु उपलब्धीमूलक भएको बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend