बुटवल, ‘प्रांगारिक खेतीको प्रवद्धन स्वस्थ जीवनको अबलम्बन ’ भन्ने नारासहित बुटवलमा बिहीबारदेखि राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु हुदैछ ।
प्रांगारिक कृषि वस्तुको उत्पादन कृषिको व्यवसायिकरण र प्रविधि प्रयोगमा सहजीकरणका लागि भन्दै बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयले मेलाको आयोजना गर्न लागेका हुन् । फागुन १० देखि बुटवलको प्रद्धर्शनी स्थलमा मेला पाँच दिनसम्म सञ्चालन गरिने छ ।
प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिने साथै उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्छी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना अभिबृद्धि गर्ने, प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धती अपनाउन कृषकहरुलाई जागरुक बनाउने मेलाको उदेश्य रहेको छ ।यस्तै उपभोक्ता वर्गमा प्राङ्गारिक कृषि उपज तथा असल खेती अभ्यास बारे जानकारी गराउने, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी अवलोकनकर्ता कृषक० लाई दिई आधुनिक कृषि उत्पादन सम्बन्धी प्रविधी हस्तान्तरण गर्ने, असल कृषि प्रणाली अपनाइ कृषि, पशुपन्छी तथा मत्स्यजन्य बस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पुयाउने साथै प्रयोगका लागि जनचेतना फैलाउने समेत मेलाको उदेश्य रहेको छ ।

आयोजक बुटवल उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गरी कृषि मेलाको सबै तयारी पूरा भएको जानाकारी दिएको छ । अध्यक्ष हरि अर्यालले १ सय स्टल सहभागी हुने र मेला अवधीभरमा २० हजार जनाले अवलोकन गर्ने अपेक्षा लिएको बताए । उनले यस पटकको मेलालाई असल कृषि अभ्यासको रुपमा मेला आयोजना गर्न लागिएको र मेला अवधिभरमा मेला अवलोकन कर्ताले निःशुल्क रुपमा प्रवेश पाउने बताए ।
मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल समावेश गरिएको छ । कृषिका अत्याधुनिक प्रविधि तर्फ धान रोप्ने मेसिन, बालि काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शन हुनेछन् । मेलामा नियमित रुपमा कृषिको व्यवसायिकरण सम्बन्धि अन्तरक्रिया तथा छलफल तथा कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने छ ।
यस्तै उपभोक्ता वर्गमा प्राङ्गारिक कृषि उपज तथा असल खेती अभ्यास बारे जानकारी गराउने, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी अवलोकनकर्ता कृषक० लाई दिई आधुनिक कृषि उत्पादन सम्बन्धी प्रविधी हस्तान्तरण गर्ने, असल कृषि प्रणाली लक्ष्य उद्देश्य रहेको छ ।

लुम्बिनी रिभ्यू