भैरहवा, आफ्नो पैसाको सुरक्षा भविष्यको सुनिश्चितता भन्ने नाराका साथ ‘ग्लोबल मनी विक –२०२४’ आजदेखि आरम्भ भएको छ ।
वित्तीय समावेशीकरणको लक्ष्य प्राप्तिका लागि वित्तीय साक्षरतालाई प्रभावकारी बनाउन ग्लोबल मनी विक मनाउने गरिन्छ । नेपाल राष्ट्र बैँकको सिद्धार्थनगर शाखाले रुपन्देहीमा रहेका बैँक तथा वित्तीय संस्थाहरुको सहभागितामा भैरहवामा प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । देवकोटा चोकदेखि सुरु भएको र्याली मिलनचोक, बर्मेलीटोल, बुद्धचोक हुँदै राष्ट्र बैँकको कार्यालयमा आएर कोणसभामा टुंगिएको थियो ।
चैत ११ गतेसम्म सञ्चालन हुने अभियानमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्व
रोजगार सिर्जना र उद्यमशीलताको विकास हुने अपेक्षा राखिएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो ।


लुम्बिनी रिभ्यू