• Saturday 25th July 2026

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा व्यवसाय शुरु

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा व्यवसाय शुरु

प्रधान कार्यालयको उद्घाटन


  • लुम्बिनी रिभ्यू

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा ब्यवसाय शुरु गरेको छ । रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले गत फागुन २७ गतेबाट ब्यवसाय शुरु गरेको हो । यसको प्रधान कार्यालयको उद्घाटन शुक्रवार गरिदै छ ।
रुपन्देहीको तिलोत्तमा २ जानकीनगरमा रहेको प्रधान कार्यालयको शुक्रबार उद्घाटन गर्न लागिएको छ । बिहिबार पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले केन्द्रीय कार्यालय शुक्रवार उद्घाटन गरिने कार्यक्रम रहेको बताए । उनले २८ वटा शाखा खोल्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको बताए ।चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमाको काम गर्ने छ । कम्पनीमा विभिन्न व्यवसायीक व्यक्ति सस्थामा आबद्ध ७१ जना यसका शेयर सदस्य रहेका छन् । मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीहरुलाई बीमाको मूल धारमा ल्याउने र उनीहरुको सम्पत्तीमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानी, नोक्सानी, तथा जोखिमलाई न्यूनिकरण गर्न सघाउने उद्देश्यका साथ माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा ल्याइएको पोखरेलको भनाइ छ ।
माइको इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा व्यवसाय अन्तर्गत लघु मीटर बीमा, लघु सम्पत्ती बीमा, लघु सेंधमारी तथा नकवजनी बीमा, लघु घर बीमा, लघु सामुद्रिक बीमा, लघु व्यक्तिगत दुर्घटना बीमा,लघु सामुहिक दुर्घटना बीमा, कृषि तथा पशुपंक्षी लघु बीमा लगायतका वीमा व्यवसाय गरी सर्वसाधारणलाई भैपरी आउने दुर्घटनाजन्य तथा दैवी प्रकोपजन्य हुने हानी नोक्सानीमा राहत दिने उद्देश्यका साथमा आएको कम्पनीको भनाइ छ ।
संस्थाले यहि फागुन २७ गतेबाट निर्जीवन बीमा व्यवसाय सुरु गरिसकेको भन्दै ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले अन्य बीमा कम्पनीले भन्दा सहज र सुविधासहितको सेवा दिने गरी अगाडी बढ्ने बताए ।
संचालक नवराज न्यौपानेले पालिकारुसंगको समन्वय र सहकार्यमा काम अघि बढ्ने भन्दै योजनावद्ध रुपमा कृषि क्षेत्रलाइ प्राथमिकतामा राखिएर अगाडी बढ्ने बताए ।
पत्रकार सम्मेलनमा गोबिन्द लामिछाने, नारायण न्यौपाने, विश्व जंग थापा, मनोज भट्टराई, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललगायतले बीमा क्षेत्रको बारेमा चर्चा गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend