• Saturday 25th July 2026

दुरदर्शी कृषि महिला सहकारीद्धारा व्यक्तित्व, नेतृत्व तथा भाषणकला तालिम

दुरदर्शी कृषि महिला सहकारीद्धारा व्यक्तित्व, नेतृत्व तथा भाषणकला तालिम


  • लुम्बिनी रिभ्यू

 

बुटवल, आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि बुटवलको दुरदर्शी कृषि महिला सहकारी संस्थाले व्यक्तित्व, नेतृत्व तथा भाषणकला तालिम सम्पन्न गरेको छ ।
राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीले तालिम आयोजना गरेको हो । तालिममा सहकारीमा आवद्ध सदस्यहरुले आफ्नो व्यक्तित्व विकास कसरी गर्ने, नेतृत्व क्षमता कसरी बढाउने, सार्वजनीक छलफल र सभा सम्मेलनमा कसरी धारणा राख्ने भन्ने बारेमा सिकाइएको थियो ।

तालिम उद्घाटन सत्रमा बोल्दै सहकारीका अध्यक्ष मीना कार्कीले सहकारी वचत र ऋण लगानीका लागि मात्रै नभएर सेयर सदस्यको क्षमता बढाउने माध्ययम सम्मेत बन्न व्यक्तित्व नेतृत्व तथा भाषणकला तालिम आयोजना गरेको बताइन् । बुधबार सुरु भएको तालिम शुक्रबार सकिएको छ । तालिम समापन समारोहमा बोल्दै उपाध्यक्ष शोभा रानाले तालिमले सदस्यहरुमा बोल्ने कलाको मात्र नभइ नेतृत्व क्षमताको समेत विकास भएको बताइन् । संस्थाका सचिव सुमित्रा बरालले महिलाहरुद्धारा मात्र संचालित सहकारी भएकाले समूदायमा महिला नेतृत्वद्धारा फरकपन ल्याउन कोशशि गरीरहेको बताइन् ।
तालिममा पत्रकार अमृता अनमोलले सहजीकरण गरेकी थिइन् । तालिममा सहकारीका विभिन्न समूह संयोजक तथा सदस्यहरु गरी करिब ४० जनाको सहभागिता रहेको थियो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend