• Saturday 25th July 2026

औद्योगिक व्यापार मेला बुटवलको तयारी तीव्र

औद्योगिक व्यापार मेला बुटवलको तयारी तीव्र


  • लुम्बिनी रिभ्यू

बुटवल, बुटवलमा हुँदै गरेको औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ ।
बुटवल उद्योग वाणिज्य संघले यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेला आयोजना गर्दैछ । मेलामा कृषि, उद्योग पर्यटन, घरेलु उत्पादन, खाद्यान्न लगायत विभिन्न किसिमका ५ सय बढी स्टल रहनेछन् । मेलामा स्टल निर्माणदेखि प्रचारप्रशार र व्यवस्थापनका काम तीव्र पारेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानाकारी गराए।
मेलामा यसवर्ष व्यूटि एक्स्पो गर्न लागिएको एक्स्पोकी संयोजक तथा संघकी कार्यसमिति सदस्य रेनु श्रेष्ठले जानकारी दिइन् । औद्योगिक व्यापार मेला भित्र सञ्चालन गरिने व्यूटि एक्स्पो छुट्टै पेभिलियनमा हुनेछ । एक्स्पोमा महिला तथा पुरुष दुबैलाई व्यूटिसंग सम्बन्धित विषयमा सेवासंगै कम्पनीका उत्पादनहरु विक्रि वितरण गरिनेछ । एक्स्पोमा स्किन केयर, हेयर केयर र सौन्दर्यसंग सम्बन्धित विषयमा सेवासंगै विषयविज्ञले परामर्श समेत प्रदान गरिने उहाँले जानकारी दिइन् । व्यूटि एक्स्पोमा सरदर २० वटा स्टल समावेश गरिने छ भने छाला, कपाल तथा नङ श्रीङ्गार तथा सजावटमा प्रयोग गरिने राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका प्रोडक्टहरु विक्रिका लागि राखिनेछ ।
एक्स्पोमा यस क्षेत्रमा २५ वर्षभन्दा लामो समय सेवा गरेका व्यूटिसियनलाई सम्मान गरिने छ । त्यस्तै सौन्दर्य र स्वास्थ्यका विषयमा कम्पनीका प्रतिनीधि, डर्माटोलोजिष्ट र व्यूटिसियन सम्मिलित अन्तरक्रिया कार्यक्रम गरिने छ । एक्स्पोमा सहभागि स्टलहरुका विचमा मेकअप प्रतियोगिता गराईनेछ । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने स्टललाई नगद पुरस्कार सहित सम्मान गरिने छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend