बुटवल, लगानी लुम्बिनीमा संवृद्धि देशमा भन्ने नारासहित आजदेखि बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल मण्डपमा मेला सुरु भएको हो । मेलाको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले लगानीको सुरक्षा गर्न कानुनी जटिलता हटाएर व्यवसायिक वातावरण निर्माण गर्न सरकार लागी परेको बताउनुभयो । उहाले मेला महोत्सव आर्थिक कारोवार बढाउने र स्वदेशी उत्पादनको प्रवद्धन गर्ने थलो भएकाले सरकारको साथसाथ रहने पनि बताउनुभयो ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश लगानीका हिसावले धेरै सम्भावना रहेको बताउँदै लगानीको वातावरण बनाउन संघीय सरकारसँग माग गर्नुभयो । उहाँले प्रदेशको औद्योगिक विकासका लागि सरकारले नीजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने नीति लिएको पनि जानाकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यहाँका उद्योगी व्यवसायीका समस्या स्थानीय सरकारका पनि समस्या भएको बताउँदै ति समस्या समाधानका लागि पालिकाबाट हुन सक्ने कुरा पालिकाबाट समाधान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले साझा समस्या समाधानका लागि साझा एजेण्डा बनाएर अगाडि बढाउनु पर्नेमा पनि जोड दिनुभयो । उहाँले बजारको सौन्दर्यकरण र विद्युतीय सुरक्षाका लागि समेत बुटवलको मुख्य राजमार्ग क्षेत्रमा भूमिगत विद्युतीकरणको व्यवस्था मिलाउन उर्जामन्त्री खड्कासंग माग गर्नुभयो ।

मेलामा औद्योगिक उत्पादन, कृषि, पर्यटन, हस्तकला, सेवा, अटो लगायतका मेलामा ५ सय स्टल सहभागी छन् । १६ दिनसम्म सञ्चालन गरिने मेलाको ५ लाख बढीले अवलोकन गर्ने आयोजक बुटवल उद्योग वाणिज्य संघको अनुमान छ । मेलामा १५ करोड रुपैयाँ बढीको कारोवार गर्ने लक्ष्य लिइएको आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले बताउनुभयो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यहाँका उद्योगी व्यवसायीका समस्या स्थानीय सरकारका पनि समस्या भएको बताउँदै ति समस्या समाधानका लागि पालिकाबाट हुन सक्ने कुरा पालिकाबाट समाधान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले साझा समस्या समाधानका लागि साझा एजेण्डा बनाएर अगाडि बढाउनु पर्नेमा पनि जोड दिनुभयो । उहाँले बजारको सौन्दर्यकरण र विद्युतीय सुरक्षाका लागि समेत बुटवलको मुख्य राजमार्ग क्षेत्रमा भूमिगत विद्युतीकरणको व्यवस्था मिलाउन उर्जामन्त्री खड्कासंग माग गर्नुभयो ।
२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा बुटवल उद्योग वाणिव्य संघले औद्योगिक प्रदर्शनी गरेको थियो । यो २४ औं संस्करणको औद्योगिक व्यापार मेला हो । बुटवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न अझ परिस्कृत रुपमा मेला आयोजना गरिएको आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बताउनु भयो ।

लुम्बिनी रिभ्यू