बुटवल, पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बुटवललाई गुल्जार बनाउन रात्रीकालिन बजार सुरु हुने भएको छ ।
बुटवल उपमहानगरले होटल क्षेत्र रहेको कालिकापथमा राति २ बजेसम्म र अन्य बजार क्षेत्र अमरपथ र ट्राफिकचोकमा राति ११ बजेसम्म बजार खुला राख्ने छ । त्यसकालागि सडकमा हाइमाक्स लाइट जडान र सुरक्षा प्रबन्ध मिलाएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएपछि घटेको व्यवसाय र चहलपललाई लयमा ल्याउने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले बताउनुभयो ।
बुटवलबाट रात्रीबालिन बजार सुरु गरी रुपन्देहीका प्रमुख बजार तिलोत्तमा, सैनामैना र सिद्धार्थनगर नगरपालिकामा रात्रिकालिन बजार विस्तार गर्न अन्य स्थानीय तहहरुले तयारी गरेका छन् । सोमबार रुपन्देहीका स्थानीय तह र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले प्रमुख जिल्ला अधिकारीलाई वातावरण बनाइदिन ज्ञापन पत्र बुझाएका छन् । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बुटवल हुँदै पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग पार हुन्छन् । अहिलेपनि पश्चिम नेपालका थुपै मानिस खुद्रा किनमेलदेखि होलसेल समान किन्न बुटवल झर्छन् । भैरहवामा रात्रिकालिन हवाइ संचालन भएपछि लुम्बिनी र भैरहवा आएका पर्यटकसमेत रात्रिकालिन बजार घुम्न बुटवल ल्याउने तयारी छ।

लुम्बिनी रिभ्यू