
रीता पाण्डे
बुटवल पूर्वाधार विकासको पहिलो आधार हो सडक । सडकका कारण नै गाउदेखि शहर जोड्न सकिन्छ । गाउका कृषि उपजलाई बजारसम्म पुर्याउन सकिन्छ । गाउबाट विद्यार्थी सहजरुपमा पढ्न बजार क्षेत्रमा आउन सक्छन् । यही धारणा सहीत रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सडक स्तरोन्नति गर्न थालेको छ । त्यसमध्येको एक सडक हो मंगलापुर कान्छीबजार सडक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आधा अर्ब बढी लगानीमा मंगलापुर कान्छीबजार निर्माणाधीन सडकको स्तर उन्नति गर्न थालेको हो । विश्व बैङ्कको सहयोगमा तिलोत्तमा ९ मंगलापुरदेखि कान्छीबजार जोड्ने सडक नगरको प्रमुख कृषि सडकका रुपमा निचिन्छ । यसले कृषिसंगै, पर्यटन, उद्योग व्यवसाय र शिक्षा लगायतका गतिविधिलाई समेत जोड्ने भएकाले महत्वपूर्ण भएकाले नगर गौरवको आयोजनाका रुपमा निर्माण अगाडि बढाएको नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले बताए ।
सडक ४.८६ किलोमिटर लम्बाइको छ । उनले बजारका सहरी सडकहरु जस्तै सडक बन्ने बताउदै कृषि उत्पादन, बजारीकरण, आवतजावत, अन्तर्राष्ट्रिय विमानस्थल तथा सिमानाका पुग्न सहजता र आन्तरीक पर्यटक भित्राउनको लागि निकै महत्वपूर्ण साबित हुने बताए । अहिले सडकको लम्बाई ४.८६ किलोमिटर रहेको भएपनि अझै १.६ किलोमिटर थप्ने पहल गरेको समेत नगरप्रमुख खाडले बताए ।
सडकले तिलोत्तमाको औद्योगिक क्षेत्र जोड्छ । रोहीणी नदीमा बन्दै गरेको पर्यटकिय जलाशय क्षेत्र छुन्छ । देवदहसंग जोडिने सडकले बुद्धमावली देवदह हुदै वुद्धजन्मस्थल लुम्बिनीलाई समेत गन्तव्य सडक बनाउन सकिने नगरप्रमुख खाडले बताए ।
सडकको २०७९ भदौ २३ गतेदेखि सम्झौता सुरु भएको हो । अहिले सम्म २० प्रतिशत काम सम्पन्न भइसकेको छ । यससंगै सडक क्षेत्रको साइट क्लिरियन्स तटबन्ध भर्ने, ढुङ्गा चिन्ने लगायतका कामहरू पनि भई रहेका तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । नगरपालिकाको गौरवको आयोजना भएकाले काममा ढिलाइ नहुने र कतैबाट बाधा नआउनेगरी काम गरेको उनले जनाए ।
नेपाल उर्बन गभरमेन्स एण्ड ईन्फाइस्टक्चर प्रोजेक्ट अन्तरगत निर्माणाधीन सडक २०८१ भदौ २२ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ५९ करोड ३ लाख ८ हजार ८९० रुपैयामा शर्मा सगुन जेभी बुटवललले ठेक्का पाएको नगरपालिकाका इन्जिनियर प्रदीप बलले जानकारी दिए । उनका अनुसार सडकको चौडाइ १३ मिटर सम्म हुनेछ । नाली माथि २.७५ मिटर फुटपाथ हुनेछ । १२ वटा बक्स र १५ वटा पाइपका कल्भर्टहरू निर्माण हुने छन् । सडक हेर्दा आकर्षक देखिने छ । सडक मजबुद पनि हुनेछ । त्यसकालागि निर्माणको गुणस्तरलाई निकै ख्याल गरिएको नगरपालिकाले जनाएको छ ।
निर्माण कम्पनी नेपाल उर्बन गभरमेन्स एण्ड ईन्फाइस्टक्चर प्रोजेक्टका निर्देशक रवीन्द्र बोहराले सडक निर्माणमा गुणस्तरीय सामाग्रीहरूको प्रयोग गर्दै आएको बताए । कामलाई पारदर्शी र गुणस्तरीय बनाउन यसको नियमित निरीक्षण र अनुगमन समेत गरिरहेको उनले जनाए ।
मंगलापुर कान्छीबजार नमुना सडक निर्माण थालिएपछि स्थानीय वासिन्दा निकै खुसी भएका छन् । गाउसंग बजारसम्म उत्पादन पुर्याउन सकिने किसानहरुको आशा छ । औद्योगिक ग्रामसंग जोडिने भएकाले उत्पादन बजार ल्याउन र व्यवसायिकरणमा पनि सडकले सहयोग पुर्याउने उद्योग वाणिज्य संघ तिलोत्तमाका अध्यक्ष गुणनिधि भण्डारीले बताए ।

लुम्बिनी रिभ्यू