बुटवल, रुपन्देही उद्योग संघ महिला उद्यमीको भेलाले लकासी अचार उद्योगकी पार्बती गिरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा देवदह च्याउ तथा तरकारी कृषि फर्मकी दिपा भट्टराई, सचिवमा नवदुर्गा मौरी फर्मका कमला पन्थ सदस्यहरुमा न्यू लक्ष्मी सःमिलकी लालुमाया थापा, ऋषि एग्रो फुड इण्डष्ट्रिजकी तारा पाण्डे भण्डारी, कलौनी ग्रिल उद्योगकी देवी कार्की र लुम्बिनी होजियारी एण्ड पोशाक उद्योगका निर्मला भट्टराई छिन् ।
समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष जिवकान्त काफले, महिला सचिव मन्जु भुसाल, कार्यसमिति सदस्य, शारदा भट्टराई, मिना थापा, दिलु शाही, पूर्व महिला सचिव माया खनाल, पूर्व कार्यसमिति सदस्यहरु रेनुका खरेल, शारदा पौडेल, सरला भण्डारी, रचना पन्त भट्ट्राई र रमा पौडेल पराजुली रहेका छन् ।
समिति गठनपछि प्रतिवद्धता राख्दै महिला समिति संयोजक पार्बती गिरीले महिला उद्यमीहरुका लागि राज्यले ध्यान कम दिएको गुनासो गर्नुहुँदै हामी आपैm आप्mनो अधिकारका लागि एक भएर अगाडि बढ्नुको बिकल्प नभएको बताइन् । उनले महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्ने, महिला उद्यमीहरुका समस्या समाधाका लागि निरन्तर पहल गर्ने साथै अभिभावक संस्था रुपन्देही उद्योग संघसँग सहकार्य गरी आवश्यक पर्ने तालिम गोष्ठी साथै अन्य कार्यक्रमको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा रुपन्देही उद्योग संघकी पूर्व कार्यसमिति सदस्य रेनुका खरेलले महिलाहरुले घरको काम र जिम्मेवारीका साथसाथै आफै उद्यमी बनेर आफुलाई आर्थिक र सामाजिक रुपमा सक्षम बनाउने बेला आएको बताउनुहुँदै नव निर्वाचित समितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै कार्यसमिति सदस्य शारदा भट्ट्राईले महिला उद्यमी समिति क्रियाशिल र रचनात्मक रुपमा अगाडि बढ्ने विश्वास सहित शुभकामना दिइन् ।

लुम्बिनी रिभ्यू