• Saturday 25th July 2026

तितेपाती महिला वचत सहकारीद्धारा भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम

तितेपाती महिला वचत सहकारीद्धारा भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम


  • लुम्बिनी रिभ्यू

बुटवल, तितेपाती महिला वचत तथा ऋण सहकारी सस्था लिमिटेड बुटवलले आउदै गरेको नव वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार सहकारीकै प्रांगणमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरेका हुन् ।
भित्तेपात्रोको बुटवल उपमहानगरपालिका सहकारी विभाग प्रमुख गुनाखर खनालले विमोचन गरे ।भिते पात्रो विमोचन गर्दै खनालले अतिरिक्त कार्यक्रमको रूपमा भितेपात्रो प्रकाशन ,कर्मचारी शेयर सदस्य तथा सामाजिक व्यक्ति सम्मान लगायत सामाजिक क्रियाकलाप गर्ने र महिला सशक्तिकरणका लागि सहकारीले महत्त्वपूर्ण भुमिका खेलेको बताए ।

कार्यक्रमा बोल्दै सहकारीका अध्यक्ष कमला बस्नेत कुंवरले सहकारी केवल रकम जम्मा गर्ने र लगानी गर्ने कामका लागि मात्र नभइ सेयर सदस्यहरुलाई रचनात्मक क्रियाकलापमा पनि सघाउन काम गरिहेको बताइन् । कार्यक्रममा संस्थागत विकासमा योगदान गरेको भन्दै १० जना शेयर सदस्यहरुलार्इ सम्मान गरेको छ । सहकारीमा १ हजार ६ सय शेयर सदस्य रहेका छ्न् ।भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रमको संचालन संस्थाका सचिव गौरा केसीले गरेकी थिइन् ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend